Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्रि भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा एन्टियुसि र जेआइएलएएफको सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताए ।

उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मेहेनत गर्ने देश हो । त्योसँग हामीले सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउछ । जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ । जापानको यथार्थ भनेको आगामी १० वर्षमा जापानलाई १ करोड जनशक्तिको आवश्यकता छ । विभिन्न विधामा आवश्यकता छ । त्यसकारणले पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्छ ।’
यस्तै, उनले नेपालबाट वैदेशिक रोजगारमा जाने हरेक श्रमिक नेपाली भएको भन्दै उनीहरुको सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिक नेपाली नै हो नी, नेपाली जो छन् जहाँ छन् त्यो नेपाली नै हुन् उनीहरुलाई नेपालले हेर्नै पर्छ । ४५ देखि ४८ हजार महिला कुवेतमा बिना सूचना र श्रम स्विकृती बसि रहेका छन् । कसरी गए, महिला कामदार जान पाइदैँन् भनेर कानूनी हिसाबमा रहेको छ । अब ती महिलाहरु समस्यामा परे भने के गर्ने त । त्यही हामी सबै बसेर यस बारेमा छलफल गर्नुपर्छ, नेपालीले कसरी दुख पाउदैन्न भनेर हामी लाग्नु पर्छ ।’

श्रमबिनाको श्रमिकको कुनै काम नभएको भन्दै नेपालबाट जाने हरेक श्रमिकलाई सिप सिकाएर पठाउने नेपाल सरकारको तयारी रहेको पनि उनको भनाई छ ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...