Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सकियो नेपाल फिनटेक फेस्टिवल : नेपालालई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ कार्यक्रम सम्पन्न भएको छ । नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजित उक्त फिनटेक महोत्सव गत बिहीबार काठमाडौंमा भएको हो ।

यो कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरुको भनाइ छ । कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब ४०० प्रतिनिधिहरूको उपस्थिति थियो ।

नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौं फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन् । यसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तिव्रता दिदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको थियो ।

‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो । दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ,’ उनले बताए । कार्यक्रमले आफनो उद्देश्य प्राप्ती गरेको आयोजक संस्थाहरुको भनाइ छ ।

कार्यक्रममा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थि ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो ।

यसैगरि सिंगापुरस्थित डीबीएस बैंकका पूर्व चिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे मनतव्य दिएका थिए ।

यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूको किनोट मनतव्य दिएका थिए । साथै, उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग ‘कार्ड इशुएन्स’ सम्झौता सम्पन्न पनि गरेका छन् ।

यस्तै, कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । यस्तै, भारत स्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्व सीडीयो दीपक शर्माले भारतको डिजिटल बैंकिङको विकासबारे प्रस्तुती दिए ।

कार्यक्रमलाई एनएमबीका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नबिल बैंकका कामु प्रमुख अधिकृत मनोज घिमिरे, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्लोबल आईमई बैन्कका डेपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो र नेटवर्किङ सत्रहरू समेत सञ्चालन गरिएका थिए । यसले सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनमा एकआपसमा जडान गर्न प्लेटफर्म प्रदान गरेको बताइएको छ ।

नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपालालई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ ।

यो कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको थियो । कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा थिए ।

यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको थियो ।

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्ने भन्ने झूटा समाचारप्रति डारको कडा खण्डन

पाकिस्तानले इजरायलमाथि परमाणु आक्रमण गर्ने भन्ने झूटा...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:४०

  इस्लामाबाद, पाकिस्तान — पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...