IME Life
NIMB

सकियो नेपाल फिनटेक फेस्टिवल : नेपालालई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाइने

NIMB
Himalayan Bank

काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ कार्यक्रम सम्पन्न भएको छ । नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजित उक्त फिनटेक महोत्सव गत बिहीबार काठमाडौंमा भएको हो ।

यो कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरुको भनाइ छ । कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब ४०० प्रतिनिधिहरूको उपस्थिति थियो ।

नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौं फिनटेकका संस्थापक संजिव सुव्बाले ल्याएका हुन् । यसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तिव्रता दिदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको थियो ।

‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो । दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको छ,’ उनले बताए । कार्यक्रमले आफनो उद्देश्य प्राप्ती गरेको आयोजक संस्थाहरुको भनाइ छ ।

कार्यक्रममा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थि ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान पनि गरिएको थियो ।

यसैगरि सिंगापुरस्थित डीबीएस बैंकका पूर्व चिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे मनतव्य दिएका थिए ।

यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूको किनोट मनतव्य दिएका थिए । साथै, उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग ‘कार्ड इशुएन्स’ सम्झौता सम्पन्न पनि गरेका छन् ।

यस्तै, कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिका विषयमा प्यानल छलफल गरिएको थियो । यस्तै, भारत स्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्व सीडीयो दीपक शर्माले भारतको डिजिटल बैंकिङको विकासबारे प्रस्तुती दिए ।

कार्यक्रमलाई एनएमबीका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नबिल बैंकका कामु प्रमुख अधिकृत मनोज घिमिरे, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्लोबल आईमई बैन्कका डेपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो र नेटवर्किङ सत्रहरू समेत सञ्चालन गरिएका थिए । यसले सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनमा एकआपसमा जडान गर्न प्लेटफर्म प्रदान गरेको बताइएको छ ।

नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपालालई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ ।

यो कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको थियो । कार्यक्रममा ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा थिए ।

यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेको थियो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...