NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

एनएमबि बैंकको अगुवाइमा दुई जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। सो आयोजना एनएमबि बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., एभरेष्ट बैंक लि., तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लि.को साझेदारीमा संचालन हुनेछ।

लाप्चे तामाकोशी आयोजनाको कुल लागत करिब ७ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ, जसमध्ये ५ अर्ब २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण स्वरूप लगानी गरिनेछ। यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंकको रुपमा रहनेछ।

साथै, एनएमबि बैंक लि.ले २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजना (चेपे खोला-२) मा पनि एकल ऋण लगानीको व्यवस्था गरेको छ। आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लि.ले रु. ३४ करोड ऋण लगानी गर्नेछ।

उक्त सम्झौतासम्बन्धी कार्यक्रम एनएमबि बैंकका तर्फबाट चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग श्री दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि.का अध्यक्ष श्री मोहन विक्रम कार्कीबीच ऋण सम्झौता पत्रमा हस्ताक्षर गरियो।

एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरे र कम्पनीका अध्यक्ष श्री कार्कीबीच सम्झौता आदानप्रदान पनि गरिएको थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत घिमिरेले एनएमबि बैंकले जलविद्युत परियोजनाहरूको प्राविधिक, वातावरणीय तथा अन्य जोखिमहरूको सूक्ष्म अध्ययन गर्दै उचित समाधान प्रदान गर्दै आएको जानकारी दिए।

त्यस्तै, अध्यक्ष कार्कीले एनएमबि बैंकसँग हालसम्म ८ वटा जलविद्युत परियोजनामा ऋण उपभोग भइसकेको र यस परियोजनाहरू तोकिएको लागत र समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

एनएमबि बैंक लि.ले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजना समावेश गरिसकेको छ।

 

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...