CG Electronics
Ncell NPL
NIMB

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve to RIDDARA Xchange” नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास लिएको छ। यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित EV पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।

गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो। ४२४ किलोमिटरको उत्कृष्ट रेंज र ७३ किलоват-आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ। नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ।

यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ।

रिड्डाराले चीनमा नम्बर १ EV पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ।
सिजी मोटर्सले यो पहलमार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गरिरहेको छ।

CG Electronics
छ हजार किमी क्रस–कन्ट्री इलेक्ट्रिक यात्राबाट एथरले तोड्यो ‘रेन्ज एङ्जायटी’

छ हजार किमी क्रस–कन्ट्री इलेक्ट्रिक यात्राबाट एथरले...

वि.सं.२०८२ माघ ७ बुधवार २१:५३

  काठमाडौँ। इलेक्ट्रिक स्कुटर सहरभित्र मात्र उपयुक्त हुन्छ भन्ने आम...

स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटीमा १०.६८ र हाइवेमा १४.०२ किमी/लिटर

स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटीमा १०.६८...

वि.सं.२०८२ माघ ६ मंगलवार २१:२८

काठमाडौं । स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज...

बीवाईडी नेपालका नाममा नक्कली पेज र वेबसाइट, साइमेक्सद्वारा कानुनी प्रक्रिया सुरु

बीवाईडी नेपालका नाममा नक्कली पेज र वेबसाइट,...

वि.सं.२०८२ माघ ४ आइतवार २२:५२

  काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

TVS Apache को २० वर्ष: साटुंगलमा सम्पन्न भयो ऐतिहासिक रेसिङ च्याम्पियनसिप

TVS Apache को २० वर्ष: साटुंगलमा सम्पन्न...

वि.सं.२०८२ माघ ४ आइतवार २१:२३

काठमाडौं । दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माणमा विश्वव्यापी...

जगदम्बा मोटर्सद्वारा नेपालमा पहिलो पटक ‘अपाचे रेसिङ एक्सपिरियन्स’ आयोजना

जगदम्बा मोटर्सद्वारा नेपालमा पहिलो पटक ‘अपाचे रेसिङ...

वि.सं.२०८२ माघ ४ आइतवार २०:५०

  काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा पहिलो पटक Apache Racing...

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन इमास ७ एसयूभी

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन प्रोटोन...

वि.सं.२०८२ माघ २ शुक्रवार १४:२३

  काठमाडौँ, पुस २१, २०८२ (जनवरी ५, २०२६), प्रोटोन नेपालले...