CG Electronics
IME Life
NIMB

प्रेस सेन्टर चितवनले १० बुँदे माग राख्दै देशका प्रशासन कार्यालय तथा स्थानीय तहमा ज्ञापनपत्र बुझायो

NIMB
Himalayan Bank

 

चितवन, बैशाख २८ । प्रेस सेन्टर चितवनले विभिन्न १० बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयको घोषित कार्यक्रम अनुसार देशभर आईतबार मध्यान्न प्रेस सेन्टर चितवनको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, प्रदेश समिति, जिल्ला समिति तथा महानगर कमिटीका सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि गौतमलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझादै सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि गौतमले आईतबार नै सूचना, सञ्चार एवम् प्रविधि मन्त्रालयमा पठाउने प्रतिबद्धाता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीलाई पनि ज्ञापत्रपत्रका साथै काठमाडौँ घोषणा पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझदै उपप्रमुख अधिकारीले आवश्यक मागलाई नगर प्रमुखसँग छलफल गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’सहितका पत्रकारका हत्यारालाई कानुनी दायरामा ल्याउन र राज्यबाट बेपत्ता पारिएका पत्रकारहरु दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकालको अवस्था तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।

एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेहरुलाई कानुनी कारबाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न माग गरिएको छ ।

यस्तै संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरु अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावनाअनुसार पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माण आग्रह गरिएको छ ।

यस्तै श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गरिएको छ ।

पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न माग ज्ञापनपत्र बुझाएको छ । त्यस्तै पत्रकार वृत्ति कोषको कार्यान्वयनका लागि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरेर जेष्ठ पत्रकारले सहज ढंगले वृत्तिकोषबाट लाभ लिनसक्ने प्रबन्ध गर्न ध्यानाकर्षण गर्दैै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा पत्रकारको पूर्ण स्वतन्त्रताको ग्यारेण्टी गर्न जोडदार माग गरिएको छ । कार्यक्रममा प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, उपाध्यक्ष शान्ता अधिकारी, वागमती प्रदेशका सचिव सुमन गैरे, प्रेस सेन्टर चितवनका कार्यबाहक अध्यक्ष नविन मरहट्टा, सचिव सुरेन कुँवर, भरतपुर महानगर अध्यक्ष किशोरचन्द्र सापकोटालगायतको उपस्थिति रहेको थियो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...