CG Electronics
IME Life
NIMB

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

NIMB
Himalayan Bank

 

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आइटो एम–एटले चीनमा सार्वजनिक हुनु अघि नै १ लाख अर्डर भएको जनाइएको छ। यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको कम्पनीको दावी छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश सार्वजनिक गरिने छ ।

आइटो ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ। आइटो ब्रान्डका गाडीहरू हुवावेको Harmony Intelligent Mobility Alliance (HIMA)स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।

आइटो ब्रान्ड अन्तर्गत अहिले आइटीआ एम ५, एम ७ र एम ९ गरी तीनवटा क्रसओभर गाडी उपलब्ध रहेका छन्। चीन ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३८५,९०४ युनिट पुगेको थियो। अब हुवावे र सेरेसले चौथो मोडेल आइटो एम–एट सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको कम्पनीको भनाइ छ

१ लाख अर्डर
मार्च ६ मा चीनमा आइटो एम–एट को प्रि-सेल सुरु गरिएको थियो। ५,००० युआन (लगभग ७०० डलर) को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १०,००० युआन (झण्डै १,४०० डलर) छुट दिइने योजना थियो। सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएका थिए।

छ घण्टाभित्र अर्डर संख्या २१,००० पुग्यो भने १२ घण्टामा २८,००० युनिट पुगे। प्रि सेल सुरु भएको दुई साताभित्र यो संख्या ७०,००० पुगेको थियो। अप्रिल ७ मा HIMA ले Aito M8 ले १ लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गर्‍यो। जम्मा ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो गाडी EREV (Extended Range Electric Vehicle) वर्गमा सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये एक बन्ने निश्चितजस्तै देखिएको छ। यसको प्रमुख प्रतिस्पर्धीहरूमा लि अटो L8 र डीपल S09 पर्दछन्।

एम ८को विशेषता

एम ८ डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल एम ९ सँग नजिक छ। यो एक ठूलो एसयुभी हो जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छयसको छानामा लाइडर सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन्। यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।

एम ८ को क्याबिनमा दुई प्रकारको सिट व्यवस्था छ a 2+2+2 र a 2+3। यसमा ७५ इन्चको हुवावेको Augmented Reality Head-Up Display र ठूलो तीनवटा स्क्रिन सेटअप छ। गाडीमा दुई मोटरयुक्त Four-Wheel Drive (4WD) प्रणाली छ जसको पिक पावर ३९२ kW (५२६ hp) छ। गाडीमा १.५ लिटरको टर्बोचार्ज्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ। ब्याट्री LFP वा ternary NMC प्रकारको हुन सक्छ जसको क्षमता ३६ kWh वा ५२ kWh हुन्छ। CLTC का अनुसार, गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको छ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...