CG Electronics
IME Life
NIMB

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

NIMB
Himalayan Bank

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका विद्यार्थीहरूले चालु शैक्षिक वर्षमा नेतृत्व गरेका तीन नविन पहलहरूले उनीहरूको सिर्जनात्मकता, व्यवहारिक सोच, र नेतृत्व क्षमताको सशक्त प्रदर्शन गरेका छन्।

The Voice, Futurepreneurs Fair 2025, र NEB STEAM Fair नामका ती तीन परियोजना विद्यालयको निर्देशनमा नभई विद्यार्थीहरूकै अवधारणा, योजना, र कार्यान्वयनमा आधारित थिए—जसले NEB कार्यक्रमको मूल दर्शन: विद्यार्थी स्वामित्व र स्वतन्त्र नेतृत्वलाई उजागर गरेको छ। व्यवसायिक सोच र सिर्जनशीलताको संगम: Futurepreneurs Fair 2025 “यदि म यो ब्रान्डको मार्केटिङ म्यानेजर हुँ भने के गर्थें?” भन्ने प्रश्नले आरम्भ भएको Futurepreneurs Fair 2025 मा व्यवस्थापन र मार्केटिङप्रति रुचि राख्ने विद्यार्थीहरूले Goldstar, Century, Makkuse, र Silk Artisanal Creamery जस्ता ब्रान्डहरूका लागि आफ्नै सोचमा आधारित रणनीति र मार्केटिङ योजना प्रस्तुत गरे।

विद्यार्थीहरूको प्रस्तुति र व्यावसायिक समझदारीप्रति उद्योग क्षेत्रका अग्रणी व्यक्तिहरूले खुलेर प्रशंसा गरे। Goldstar का कार्यकारी निर्देशक विद्युशी राणाले आफ्नो ब्रान्डको लागि प्रस्तुति दिने विद्यार्थीहरूलाई इन्टर्नशिपको अवसरसमेत प्रदान गरिन्। यस्तै, Century का शोभना दुगड, Makkuse का मि. मिङ, र Silk का संस्थापक ऋषभ अग्रवालले विद्यार्थीहरूको नविन दृष्टिकोण र प्रस्तुति क्षमताको उच्च मूल्याङ्कन गरे। व्यवहारिक विज्ञान र नवप्रवर्तनमा ध्यान: NEB STEAM Fair NEB STEAM Fair मा विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, र गणित (STEAM) विषयमा आधारित पाँच उल्लेखनीय परियोजनाहरू प्रस्तुत गरिए, जसले व्यवहारिक समस्याहरूको समाधानतर्फ विद्यार्थीहरूको दृष्टिकोण देखायो।

TrashTrawler ले नदी, ताल र खोलाबाट फोहोर सङ्कलन गर्ने नविन उपाय प्रस्तुत गर्‍यो। Line Follower Robot ले सफाइ कार्यलाई स्वचालित बनाउन सक्ने समाधान दियो। EcoScribes ले पुनः प्रयोग गर्न मिल्ने कागज र प्राकृतिक मसी उत्पादनको उपाय देखायो। LibraTech ले पुस्तकालय व्यवस्थापनलाई डिजिटल बनाउन बारकोड प्रणाली निर्माण गर्‍यो। Silva ले प्राकृतिक तत्वबाट लिप बाल्म र परफ्यूम उत्पादनको परिकल्पना प्रस्तुत गर्‍यो।

यी परियोजनाहरू सिर्जनात्मक मात्र होइन, विद्यार्थीहरूले आफैंले आर्थिक स्रोत जुटाएर कार्यान्वयनसमेत गरेका थिए। कर्खाना का श्री सुनोज दास श्रेष्ठ र Laali की श्रीमती सलोनी राजभण्डारीले विद्यार्थीहरूको सोच, समर्पण र दीगो विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।

शैक्षिक निर्देशक प्रविना थापाले भनिन्, “विद्यार्थीहरूको मेहनतले देखाउँछ कि भविष्यका चुनौती सामना गर्न STEAM शिक्षाको भूमिका कति गहिरो हुन्छ।”

विद्यार्थी नेतृत्वको आवाज: The Voice पत्रिका शैक्षिक वर्षको झलक समेट्ने The Voice पत्रिका पूर्ण रूपमा विद्यार्थीहरूद्वारा सम्पादित परियोजना हो। लेख संकलन, ग्राफिक डिजाइन, सम्पादन र टिम व्यवस्थापनजस्ता सबै पक्षमा उनीहरूले नेतृत्व गरे। सम्पादकीय निर्णय र टिम चयनदेखि अन्तिम प्रस्तुति बनाउनेसम्मको सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूसँगै थियो।

पत्रिका केवल सामग्रीको संकलन नभई विद्यार्थीहरूमा नेतृत्व, टिमवर्क र आत्मविश्वास विकास गराउने माध्यम बन्यो। विद्यालय संस्कृतिमा विद्यार्थी आवाजलाई केन्द्रमा राख्न The Voice ले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...