CG Electronics
IME Life
NIMB

पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल सिमेन्ट उत्पादन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढि बजेटको माग र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएतापनि अगाडि बनाउँदै जाने र पछाडि भत्कदै जाने समस्या रहेको बताए ।

उनले भने,‘अहिले हामी सिमेन्टमा आत्मानिर्भर छौं । स्रोत, साधन थोरै आयात गर्नुपर्ने र धेरै आन्तरिक स्रोतबाट यसलाई विकासको नयाँ गति दिन सकिन्छ । सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढि बजेटको माग भएको र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएको छ । तर भइराखेको के छ भने अगाडि बनाउँदै जाने र पछाडि भत्किदै जाने समस्या छ ।

गुणस्तर भएन, पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ । सुरक्षित यात्रा गर्नको लागि पनि व्यवस्थित सडक सञ्जाल, पूर्वाधार जरुरी छ ।’

त्यस्तै उनले आफ्नै बल र स्रोत साधनबाट अबको विकासलाई एउटा भरपर्दो विकास दिन सकिने धारणा राखे । आफ्नै देशको स्रोत साधनको अधिकतम प्रयोग हुनेगरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले भने,‘हामीले आत्मानिर्भरता एवम आफ्नै बल र स्रोतका साधनबाट अबको विकासलाई एउटा भरपर्दो विकास दिन सक्छौं । वातावरणमैत्री विकास दिन सक्छौं र यो यात्रामा हामी सबै सँगै हिड्न सक्छौं ।
त्यसैले मन्त्रालय, निकाय र विभागहरुले आफैंले व्यवस्थित छलफ लगरेर निष्कर्ष निकाल्न जरुरी छ । जसका कारण विकासको यात्रा अगाडि बढ्छ । र अधिकतम स्रोत साधनको पनि प्रयोग पनि हुन्छ ।’

त्यस्तै सोही कार्यक्रममा बोल्दै भौतिक पूवाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मानिसहरुमा सडक नै विकास हो भन्ने बुझाइ रहेको बताए । केही मानिसहरुले केही पनि भएको छैन भन्ने निराशामात्र बाडिरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने,‘मानिसहरुमा सडक नै विकास हो भन्ने बुझाइ छ । भौतिक प्रगतिको हिसाबले नेपाल अरु देश भन्दा पछाडि छैन् । केही मानिसहरुले केही पनि भएको छैन्, केही पनि हुँदैन् भनेर निराशामात्र बाँडिरहेको छन् । त्यसैले त्यसलाई चिर्न पर्नेछ ।’

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...