नेपाल बैंकर्स संघद्वारा नव नियुक्त गभर्नर डा. पौडेललाई बधाई तथा शुभकामना
Saturday May 24, 2025
वि.सं.२०८२ जेठ १० शनिवार २२:२५
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलज्यूसँग शिष्टाचार भेट गरी उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उक्त अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ, सक्षम र प्रभावकारी बनाउन राष्ट्र बैंकको निरन्तर सहयोगको अपेक्षा रहेको कुरा व्यक्त गरेका थिए।
भेटका क्रममा गभर्नर डा. पौडेलज्यूले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै वर्तमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवालाबीच आपसी समन्वय, सहकार्य र एकताको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।





























