Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

 

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरू लाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिना सम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।

संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गर्नुभयो । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गर्नुभयो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

वि.सं.२०८२ असार ३ मंगलवार २३:०५

  काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१८

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था...

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय व्यवस्थापन गर्न सम्झौता

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार १०:१२

  काठमाडौं । एनएमबि बैंक लि.तथा काङ हाइड्रोपावर कम्पनी लि.बीच...

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:५७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित...