CG Electronics
Ncell NPL
NIMB

ईभीमा लगानी : व्यवसायी भन्छन्, ‘किस्ता तिर्न कुनै समस्या छैन’, बैंक भन्छ– ‘फोन गर्नुपर्ने अवस्था आएको छैन’

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् । पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् । त्यो हो, ईभी अर्थात् इलेक्ट्रिक भेइकल ।

सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै केही वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू एकै क्षेत्र तर फरक किसिमको व्यवसाय अर्थात् ईभीमा लगानी गरिरहेका छन् । राम्रो प्रतिफल र बचतका कारण व्यवसायीहरू त्यसबाट सन्तुष्ट देखिन्छन् भने ऋण लिएर व्यवसाय गर्नेहरूबाट समयमै किस्ता आउँदा बैंकहरु समेत खुसी देखिन्छन् ।

कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैङ्कहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैङ्किङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् ।

तर राज्यले कहिले कर नीतिमा परिवर्तन त कहिले बैंकबाट प्रवाह हुने लोनको सीमा अर्थात् लोन टु भ्यालु रेसियोमा परिवर्तन गरिरहँदा व्यवसायी र बैंक नै मर्कामा पर्ने गरेका छन् ।

किस्ता तिर्न सहजता हरेक मान्छेले आफैँसँग पैसा भएर मात्रै लगानी गरिरहेका हुँदैनन् । आफ्नो व्यावसायिक योजनालाई सार्थक बनाउन साथीभाइ, आफन्त र बैंकसँग समेत कर्जा लिइरहेका हुन्छन् । निश्चित समयपछि कर्जा तिर्नुपर्ने भएका कारण सुरु गरेको व्यवसायबाट प्रतिफल आएन भने त्यसले समस्या सिर्जना गर्दछ ।

जस कारण राम्रो प्रतिफल पाउने, किस्ता तिर्न सहज हुने मात्र नभएर आफ्नो घर खर्च समेत चलाएर थप व्यवसाय विस्तार गर्न समेत मान्छेले ऋण लिइरहेका हुन्छन् । पछिल्ला वर्षहरू ईभीमा लगानी त्यस्तै सार्थक व्यवसायको एक माध्यम बनेको छ । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ ।

आफूहरूसँग धेरै व्यवसायीहरूले व्यावसायिक कर्जा निकालेर ईभीमा लगानी गरेको र किस्ताका लागि कुनै समस्या नभएको नुवाकोटको बट्टार शाखामा कार्यरत एनएमबी बैंकका ब्रान्च म्यानेजर जीवन बोगटी बताउँछन् । व्यवसायीबाट राम्रो प्रतिफल प्राप्त गरेका कारणले नै कतिपय व्यवसायीहरूले समय अगावै किस्ता र कर्जा चुक्ता गर्न सकेको उनको धारणा रहेको छ ।

बोगटी भन्छन्, ‘हाम्रो बैंकबाट ऋण लिएर धेरैले ईभीमा लगानी गर्नुभएको छ । उहाँहरूको कुरा अनुसार रिटर्न राम्रै रहेको बुझिन्छ । त्यही भएर होला हामीले ईभीमा लगानी गर्ने कुनै व्यवसायीले कर्जा र किस्ता तिरेन भन्ने गुनासो गर्नुपरेको छैन, किस्ता किन आएन भनेर कसैलाई फोन गर्नुपरेको छैन ।’

त्यसो त ईभीमा धेरै बैंक तथा वित्तीय संस्थाहरूको लगानी रहेको छ । जसमध्ये ईभीमा लगानी गर्नेमा एनएमबी बैंक पनि एक हो । ऋण लिएर ईभीमा लगानी गर्नेहरूबाट किस्ता तिर्न समस्या परेको भन्ने आफूहरूले सुन्न नपरेको उनको दाबी छ ।

‘ईभीमा धेरै वटा बैङ्कहरूको लगानी छ । त्यसमध्ये हाम्रो बट्टार ब्रान्चबाट ऋण लिएर लगानी गर्नेहरूमा त्यस्तो लोनको किस्ता नआउने समस्या देखिएको छैन,’ उनले भने, ‘कतिपयले ईभीलाई नै मुख्य व्यवसाय बनाउनुभएको छ भने कतिपयले त्यसलाई साइड बिजनेस बनाउनुभएको छ । तर उहाँहरूले समयमै किस्ता तिर्ने लगायत सहजै किस्ता पाइरहेका छौँ ।’
त्यति मात्र नभएर कतिपय व्यवसायीहरुले समय अगावै किस्ता तिर्ने गरेको समेत उनको अनुभव रहेको छ ।

ईभीप्रति आकर्षण बढ्यो, बैंकहरुले लगानी बढाए
कतिपय व्यक्तिहरू रहर त कतिपय व्यक्तिहरू बाध्यताले यातायात व्यवसायमा लगानी गरिरहेका हुन्छन् । धेरैजसो व्यक्तिहरू अरूले लगानी गरेको क्षेत्रमा समेत राम्रो मुनाफा कमाउने उद्देश्यले समेत लगानी गरिरहेका हुन्छन् । त्यस्तै पछिल्ला वर्षहरूमा ईभीप्रति आम सर्वसाधारणको आकर्षण बढिरहेको र व्यवसायीहरू समेत आकर्षित बनेका छन् । एकातिर पहिल्यै सो क्षेत्रमा लगानी गरेकाहरू आफ्नो अब डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीसाधनमा सिफ्ट भएका छन् ।

त्यसबाहेक नयाँ लगानीकर्ताले पनि ईभीमा आफ्नो लगानी सुरु गरेका छन् ।
एनएमबी बैंकका ब्राञ्ज म्यानेजर बोगटी अगाडि भन्छन्, ‘पहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गरेकाहरूले पछिल्ला वर्षहरूमा ईभीमा लगानी बढाएका धेरै उदाहरण छन् । व्यवसायीले स्वाभाविकै रूपमा केही हुन्छ कि भन्ने हुटहुटीमा लागेर लगानी गर्ने हो ।

त्यस कारणले पनि लगानीकर्ताहरू उत्साहित देखेको छु । हामी बैंकहरुले पनि कुनै व्यवसाय धराशायी बन्छ वा बन्न सक्छ भनेपछि लगानी गर्दैनौँ र व्यवसायीहरू पनि त्यसप्रति उत्साहित हुँदैनन् नि । त्यस कारण पनि ईभीमा भविष्य देखेर लगानी गरिरहेका छौँ र व्यवसायीहरू पनि उत्साहित देखिनुभएको छ ।’

लगानीकर्ता भन्छन्, ‘किस्ता तिर्न कुनै समस्या छैन’ विद्युतीय यातायातका क्षेत्रमा लगानी गर्नेहरू कोही व्यवसायी बन्न त कोही स्वरोजगारका रूपमा लगानी गरिरहेका छन् । हरेक व्यवसायीको सोच धेरै भन्दा धेरै नाफा होस् भन्ने नै हुन्छ । त्यस कारण पनि उनीहरूले फरक फरक क्षेत्रमा लगानी बढाइरहेका हुन्छन् ।

बैंकबाट ऋण लिएर सार्वजनिक यातायातका रूपमा ईभीमा लगानी गरेका नुवाकोटका श्रीराम खतिवडा ईभी गाडीबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । सुरुमा लगानी धेरै गर्नुपरेको भए पनि अन्य खर्च नहुँदा घर खर्च चलाउन, बैंकको किस्ता र ब्याज तिर्न कुनै समस्या नभएको उनले बताए । खतिवडा भन्छन्, ‘ईभी गाडीमा सुरुमा लगानीचाहिँ धेरै नै गर्नुपर्छ । तर धेरै लगानी गरे पनि अन्य खर्च नहुने भएकाले किस्ता र ब्याज तिर्नचाहिँ कुनै समस्या छैन । हामीले बैंकको किस्ता र ब्याज तिरेर पनि मासिक ७०÷८० हजार बचत गरिरहेका छौँ । यसरी नै तिर्दै जाने हो भने ५ वर्षमा गाडीसमेत आफ्नो हुन्छ भने घर खर्च पनि राम्रोसँग चलिरहेको हुन्छ । ’

बैंकबाटै ऋण लिएर स्वरोजगार व्यवसायी बनेका धादिङका जीवन श्रेष्ठ पनि ईभी गाडीको आम्दानी राम्रो भएको बताउँछन् । सोही प्रकृतिको अन्य गाडी किन्दा पनि मूल्य उस्तै पर्ने तर डिजेल वा पेट्रोलमा खर्च धेरै हुने भएकाले बचत नहुने श्रेष्ठले बताए । पहिले इन्धनबाट चल्ने सार्वजनिक सवारीको धनी रहेका श्रेष्ठले विगत डेढ वर्षदेखि ईभीमा लगानी गरेको र डेढ वर्षको अवधिमा झन्डै ३५ प्रतिशत सावाँ र ब्याज घटाइसकेको बताए ।

जीवन भन्छन्, ‘ईभी गाडी कति वर्षसम्म चल्छ भनेर अहिले नै भन्न सकिँदैन । तर अहिलेका लागि ईभी गाडी वरदान जस्तै भएको छ । इन्धनमा खर्च नहुने, मर्मतमा खर्च नहुने भएकाले आम्दानी जति सबै बचत नै हुन्छ । यसरी नै कमाई भए आफूले गरेको लगानीसमेत फिर्ता भई गाडी आफ्नो बनाउन ५ वर्ष पनि लाग्दैन । तर त्यसपछि मर्मतमा समस्या आएन भने सबै कमाई आफ्नै हुने भएकाले भविष्य राम्रो नै देख्छु ।’

 

CG Electronics
यामाहा एक्सएसआर १५५ मा नयाँ मेटालिक ब्ल्याक रङ, आकर्षक डिजाइनसँगै शक्तिशाली इन्जिन

यामाहा एक्सएसआर १५५ मा नयाँ मेटालिक ब्ल्याक...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:२३

  काठमाडौँ । यामाहा एक्सएसआर १५५ मोटरसाइकलका लागि नयाँ मेटालिक...

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी बाइक

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:४५

    काठमाडौं । नेपालका लागि सीएफमोटो बाइक को आधिकारिक...