CG Electronics
IME Life
NIMB

प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गछौँ : उपाध्यक्ष अधिकारी

NIMB
Himalayan Bank

 

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले आयोगले प्रत्यक्ष आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने बताएका छन् ।

आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल गोष्ठीमा उपाध्यक्ष अधिकारीले लगानी गर्ने संस्था भएको तर प्रोत्साहन नहुने अवरोध खडा गर्ने जस्ता कार्य भएको भन्दै आयोगले त्यसबारेमा नजिकबाट काम गर्न खोजेको बताए ।

उनले अर्गनाइजेसनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ, कहाँ ओभर ल्या पिङ छ कहाँ सिर्नजी र ट्रेडफ छ ? कार्य विधि बनाई त्यसलाई हटाउन आयोगले समन्वय गर्ने र त्यस सम्बन्धी कार्यलाई अगाडी बढाइ सकेको पनि जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले जुन निकायले दुई जना मान्छेको लागि रोजगारी सिर्जना गर्दैन त्यसलाई ट्याक्स छुट चाइएको भन्नु हुँदै टयाक्स छुटले सरकारको ऋण मात्र बढाउने काम भएको बताए । उनले ठुला लगानी भएको र रोजगारी सिर्जना गरिरहेकालाई मात्र ट्याक्स छुट दिन सकिने समेत बताए ।

उनले आयोगले अबको दिनमा कता र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा समेत दिशा निर्देश गर्ने बताए । पछिल्लो समय बेरोजगारी दर घटेको भएपनि आगामी दिनमा बढ्न नदिने र अझै घटाउँदै लैजाने र सोहौँ योजनाले पनि बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको बताए।

एक समयमा छिमेकी देश भारतको बेरोजगारी दर नेपालको भन्दा बढी रहेको भन्नु हुँदै उनले पछिल्लो समयमा भने भारतको भन्दा नेपालको बेरोजगारी दर बढी रहेको बताए ।

खानी क्षेत्र, होटेल रेस्टुरेन्ट, रियल स्टेट, निर्माण, जलविद्युत क्षेत्रमा जोड दिन सकेमा रोजगार सिर्जना गर्न सकिने भएको हुँदा अबको दिनमा लगानीलाई त्यस क्षेत्रमा प्राथमिकता दिनु पर्नेमा उपाध्यक्ष अधिकारीले जोड दिए ।

कृषि, निर्माण, लघु तथा घरेलु जस्ता क्षेत्रमा लगानी बढाई व्यक्तिलाई श्रममुखी बनाई रोजगारी विकासको दर वृद्धि गर्न सकिने र यसको लागि निजी र सहकारी क्षेत्रलाई उत्प्रेरित गर्नु पर्ने उनको भनाइ छ ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...