CG Electronics
Ncell NPL
NIMB

एन आईसी एशिया बैंक लि.को कर्पोरेट कार्यालय कमलादी, काठमाडौंस्थित आफ्नै भवनमा स्थानान्तरण

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। एन आईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट मिति २०८२ ज्येष्ठ १० गते समुद्घाटन सम्पन्न भयो । उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो । कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहक महानुभावहरु तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

 

 

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...