CG Electronics
IME Life
NIMB

विज्ञापन बोर्डका अध्यक्ष हुमागांईले गरे पदभार ग्रहण, विज्ञापन बजारलाई लयमा फर्काउने

NIMB
Himalayan Bank

 

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास, विस्तार गर्ने काम दोस्रो कार्यकालको प्राथमिकतामा रहेको बताएका छन् ।

सोमबार आफ्नो पदभार ग्रहण गर्दै उनले अहिले मुख्य चुनौती विज्ञापन बजारको घट्दो क्रम रहेको भन्दै सबै सरोकारवालाहरुको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने काम प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘अहिले मुख्य चुनौतीको रुपमा रहेको विज्ञापन बजारको घट्दो क्रम हो । यो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तार गर्ने जसले आम सञ्चार माध्यमहरुको लागि भर गर्न सकुन ।

यो अहिलेको लागि सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । यसमा सबै सरोकारवालाहरुको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने र खासगरि विज्ञापनदाताहरुलाई आत्मविश्वासिलो बनाउने र सामाजिक सञ्जालमा भइरहेको प्रवाहलाई विस्तारै मुख्य मिडियामा ल्याउने लगायतका कामहरु हामीले गर्नुपर्नेछ । त्यो कामका लागि मेरो दोस्रो कार्यकालको प्राथमिकताको क्षेत्र हुन्छ ।’
यस्तै, उनले जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गरेर विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्ने काममा पनि लाग्ने बताए ।

उनले भने, ‘विज्ञापनको नियमनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहको सहभागिता आवश्यक हुन्छ त्यो काम हामीले अगाडि बढाउनु पर्नेछ र त्यसका लागि पनि नमूना कानुनहरु बनायौं । विज्ञापनको परीक्षणको काम सुरु गर्यौ र हामीले सुरु गरेको तर कार्यान्वयन हुन नसकेको राष्ट्रिय विज्ञापन नीति हो । जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गर्छौ । त्यसपछि विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्छौ ।’

पहिलो कार्यकालमा नीति नियमहरु बनाउने, आचासंहित निर्माण, विज्ञापन नियमावली संशोधन र विज्ञापन बजारलाई पारदर्शि बनाउने काम गरेको पनि उनले सुनाए ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...