Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल चाइल्डहुड क्यान्सर एलायन्सद्धारा बाल क्यान्सरबाट पीडितहरूका लागि छात्रवृत्ति कार्यक्रमको सुरुवात

काठमाडौं । सन् २०२५ जुन १ मा, नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए) ले ईन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीहरूलाई कुल ६ लाख नेपाली रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो ।

 

यो कार्यक्रमले क्यान्सरबाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टरहरू, नर्सहरू र प्रमुख सरोकारवाला पक्षहरूलाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियोे । कार्यक्रममा क्यान्सर बाट बाँच्न सफल बालबालिकाहरुले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथाहरू सुनाएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता डा. बिश्वनाथ अधिकारी, कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै ‘नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए । त्यस्तै, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा बाल क्यान्सरबाट बाच्न सफल बालबालिकाहरूका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पु¥याउने बताए ।

कान्ति बाल अस्पतालको बाल क्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले भावनात्मक साहसको कुरा गर्दै बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताए । रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दिर्घकालीन स्रोत र लगानीको आवश्यकता औंल्याउँदै भने, ‘हामी सबैको साझा लक्ष्य भनेको उपचार र जीवन पुनःनिर्माणमा रहेका परिवारहरूलाई समग्र रूपमा साथ दिनु रहेको हो ।’

छात्रवृत्ति प्राप्त सदिक्षा तामाङकी आमा हरिमाया तामाङले, भावुक हुँदै भनिन्,
‘छोरीलाई क्यान्सर भएको खबरले म विचलित भएँ, आर्थिक बोझ कसरी थेग्ने भन्ने थाहा थिएन ल्ऋऋब् को साथले हाम्रो जीवनमा धेरेै परिवर्तन आयो अब छात्रवृत्तिले अझै राहत दिएको छ त्यसैले म अत्यन्तै आभारी छु ।’

वल्र्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले क्यान्सरबाट बाँचेकाहरूको साहसको प्रशंसा गर्दै भने, ‘१४ बालबालिकालाई शैक्षिक छात्रवृत्तिद्वारा समर्थन गर्न पाउनु हाम्रो लागि गौरवको कुरा रहेको र उपचारपछि पनि उनीहरूलाई स्वस्थ र खुसी जीवनतर्फ अघि बढाउन हामी प्रतिबद्ध रहेको छ ।’

‘सर्भाइभर डे केवल उत्सव मात्र होइन, कुनै पनि बालबालिकाले क्यान्सरसँग एक्लै लड्न नपरोस् भन्ने सन्देश पनि हो ।’

रोजिना मानन्धर, प्रवक्ता, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन

सरकारी निकाय, स्वास्थ्य संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन बीचको बलियो सहकार्यमार्फत नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले नेपालको बाल क्यान्सर परिदृश्य परिवर्तन गर्न प्रतिबद्धता जनाएको छ । एलायन्सले सबै सरोकारवालालाई आह्वान गर्दै क्यान्सरविरुद्धको यात्रामा कुनै पनि बालबालिका पछाडि नपरोस् भन्ने उद्देश्यमा एकजुट हुन आग्रह गरेको छ ।

यो छात्रवृत्ति कार्यक्रम सन् २०२५ फेब्रुअरी १६ मा भएको एनसीसीएको औपचारिक उद्घघाटनपछिको प्रमुख पहल हो, जसले क्यान्सरबाट बाँचेका बालबलिकाहरूको दिर्घकालीन पुनःएकीकरण र पुनःस्थापनालाई समर्थन गर्नेछ ।

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...