CG Electronics
IME Life
NIMB

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।  ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी)ले शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धुम्रपानरहित दिवश’को विश्वभर मनाइने गरिएको छ ।

सोही अवसरमा एनसीएनपी र केसीसीले प्रभातफेरि कार्यक्रम गरेको हो । प्रभातफेरी कार्यक्रम कमलपोखरी (सिटी सेन्टर)बाट कमलादी हुँदै घण्टाघर, महेन्द्र सालिक परिक्रमा गर्दै पुनः कमलपोखरी फर्किएर कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न क्यान्सर अस्पतालका डाक्टरहरु, स्वयंसेवकहरु, प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । सुर्तीजन्य पदार्थ लगायतका हानिकारक तत्वको सचेतनात्मक प्रवाह गर्ने उद्देश्यले प्रभातफेरिको आयोजना गरिएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले बताए । उनका अनुसार प्रत्येक वर्ष एनसीएनपीले धुम्रपानरहित दिवशको अवसरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

एनसीएनपीका अध्यक्ष प्रधानले भने, ‘धुम्रपान जन्य वस्तुले विश्वमा लाखौं व्यक्तिहरु विविध रोगको शिकार भई मृत्युवरण गर्नु परेको छ । यसविरुद्ध हामी सबै मिलेर हातोमालो गरी अगाडि बढनुपर्छ ।’ विश्व स्वास्थ्य संगठनले केही वर्षअघि गरेको सर्वेक्षणले मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् ।

विश्वका विभिन्न देशमध्ये नेपाल धूम्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एकपटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।
कार्यक्रममा केसीसीका डा सुवासले सूर्तीजन्य वस्तुमा खेलाची गर्न नहुने भन्दै यसविरुद्ध सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको बताए । उनले भने, ‘स्वस्थ्य सबैभन्दा ठूलो धन हो र यसलाई सूर्ति, धुम्रपान मद्दपान, नशादी गरेर खेलाची गर्नुहुन्न । सबैलाई सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हो ।’

उक्त कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका तर्फबाट वर्तमान पदाधिकारीहरु, सल्लाहकारहरु, आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...