Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

 

काठमाडौं, जेठ २६। विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।

फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४०० भन्दा बढी आवेदकहरु रहेका थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका थिए । यसरी छानिएका टोलिहरुले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नविन पहलहरु प्रस्तुत गरेका थिए ।

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको आफ्नो नविन सोलुसन्स÷ समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यो टिमले फोहोर वर्गीकरण गर्नेे, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका छ । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी रहेका छन्।

त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात दोश्रो स्थान प्राप्त ग¥यो । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए ।

सेकेन्ड रनर अफ अर्थात तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम सोर्स कोडले हासिल गरेको थियो । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ।

कार्यक्रमको समापन समारोहमा उपस्थित वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “नेपाललाई यस्तै स्थानीय स्तरमा आधारित नविन सोलुसन्सहरु आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दा मात्र होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाहरूले समाधानको सम्भावना देखाएका छन् ।”

यस कार्यक्रमले सर्कुलर इनोभेसनतर्फ नेपालको साहसी यात्रा प्रारम्भ गरेको संकेत गरेको छ । युवावर्ग, प्रविधिविद् तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने ईच्छाशक्ति भएका युवाहरूको सहभागितामा आयोजना गरिएको ह्याकाथनले सहकार्य र सृजनशिलता उजागर गरेको छ । सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण प्रणाली, पुनःप्रयोग प्रविधि, सामुदायिक कम्पोस्टिङ समाधान तथा डेटा–सञ्चालित ट्र्याकिङ् प्रणालीजस्ता विषयमा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।

“यो कार्यक्रम केवल प्रतियोगिता थिएन, सिभिक इनोभेसनकोलागि एक प्लेटफर्म पनि थियो जहाँ युवाहरूले प्रविधि र उद्देश्यको माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए । एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्ताहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले यस कार्यक्रमबारे आफ्ना् भनाई राख्दै भनिन् ।

खालिसीसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भनिन्, “हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यवहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्ताहरूलाई सशक्त बनाउनु पनि हो।”

अन्तिम तीन विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्, साथै खालिसीसी, बुढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।

यस ह्याकाथनमा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाईज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा केन्द्रित रहेर युवाहरुले आफ्नो प्रस्तुती गरेका थिए । अन्तिम चरणमा पुगेका टोलीहरूमध्ये ४० प्रतिशत भन्दा बढी टोली महिला नेतृत्व वा सह–नेतृत्वका थिए, जसले समावेशी सहभागिता बढ्दै गएको संकेत गर्दछ ।

यस ह्याकाथनले निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटर्र्सहरूबीचको प्रभावकारी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत ग¥यो । कार्यक्रमको सह–आयोजकमा गोल्यन समूह रहेको थियो, र यस कार्यक्रमलाई प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र व्यापार पाठशालाले सहयोग गरेका थिए ।

एनसेल फाउन्डेसनबारे
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिसिटि हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई...

वि.सं.२०८२ असार ३ मंगलवार २३:०५

  काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१८

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था...

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय व्यवस्थापन गर्न सम्झौता

एभरेष्ट बैंक र चिनो हाइड्रो पावरबीच वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार २२:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय...

वि.सं.२०८२ असार ३ मंगलवार १०:१२

  काठमाडौं । एनएमबि बैंक लि.तथा काङ हाइड्रोपावर कम्पनी लि.बीच...

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:५७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित...