Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल मार्कोपोलो मा विशेष छुट

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटल मार्कोपोला मा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानी मार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ।

 

यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब रु। ४० करोडले राजस्वमा योगदान पुर्‍याएको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु। १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ।

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२९

काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित...

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रभु...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:२३

  काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५ प्रो ५जी नेपालमा सार्वजनिक

अल्टिमेट एआई पार्टी फोन – रियलमी १५...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२८

काठमाडौं, नेपाल — विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...