CG Electronics
IME Life
NIMB

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

NIMB
Himalayan Bank

 

काठमाडौँ । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडी तर्फ लण्डन भरमै दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ । “यो उपलब्धि सानो होईन ।” ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनलाई नेपालमा प्रतिनिधित्व गर्ने ए.आर. एजुकेसनका डेपुटी डाईरेक्टर संजना पाण्डे भन्छिन्, “हामीले शुरुवात देखी निरन्तर लण्डनको यो कलेजमा विद्यार्थीहरु पठाईरहेका छौं । अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च सम्मान गर्ने यस कलेजले नेपाली विद्यार्थीहरुलाई राम्रो रेस्पोन्स गर्ने गरेको र भिसा सक्सेस रेट पनि राम्रो रहेको हाम्रो अनुभव छ ।”

सेन्ट्रल लण्डनको बेडफर्ड स्क्वायर मुख्यालय रहेको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनको सन् २००२ मा स्थापना भएको थियो । अत्याधुनिक सुविधा सम्पन्न कलेज भवन, विद्यार्थीलाई आवश्यक पर्ने सबैखाले भौतिक सुविधा तथा आधुनिक र आजको आवश्यकता सम्बोधन गर्ने शिक्षण पद्धतीले गर्दा यस कलेजले निरन्तर लण्डनकै कलेजहरु मध्येमा अग्रणी स्थान हाँसिल गर्न सफल भएको हो ।

“४० भन्दा बढी देशका विद्यार्थीहरु पठन पाठन गर्ने यस कलेजमा नेपाली विद्यार्थीको राम्रो संख्या रहेको छ ।” पाण्डे भन्छिन्, “कलेज सेन्ट्रल लण्डनमा छ, पढाईमा उत्कृष्ठ छ, विद्यार्थीलाई कुनै समस्या परेको खण्डमा कलेज प्रशासनले तत्काल सम्बोधन गर्छ, एफोर्डेबल फि स्ट्रक्चर छ, अनि यो कलेजको छवि र मान्यता पनि राम्रो छ ।” यि सबै पक्षले विद्यार्थी माझ कलेज लोकप्रिय रहेको प्रष्टै देखिन्छ ।
विजनेस स्टडीका अलावा कलेज तथा विश्वविद्यालयमा प्राप्त हुने सिकाईका अवसर तथा विद्यार्थीहरुको शैक्षिक हितका क्षेत्रमा समेत ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले लण्डन भर गरिएको सर्भेमा दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ ।

फेब्रुअरी, जुन र अक्टुवर गरि तिनवटा इनटेकमा विद्यार्थी भर्ना लिने यस कलेजले ब्यवस्थापन तर्फ विए विजनेस म्यानेजमेन्ट, मास्टर अफ विजनेस एडमिनिस्ट्रेसन, एमएससी म्यानेजमेन्ट र सिएमआई मा, फाईनान्स तर्फ विएससी एकाउण्टिङ् एण्ड फाईनान्स, एमएससी एकाउण्टिङ् एण्ड फाईनान्स, एमएससी फाईनान्स एण्ड वेल्थ म्यानेजमेन्ट, सिआईएमए, र एसिसिए तथा कानुन तर्फ एलएलवी ल एण्ड लिगल प्राक्टिस र सिआईएलईएक जस्ता कोर्सहरुमा अन्तराष्ट्रिय विद्यार्थी भर्ना लिंदै आएको छ ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...