Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (ऋब्ऋक् द्दण्द्दछ) मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ। २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राख्नु भएको थियो। यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाउनुभएको थियो । सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारे समेत छलफल भएको थियो।

सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो । उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवद्र्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउदो अगष्टमा काठमाण्डौमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो। यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूकोतर्फबाट समेत उच्च चासो राखिएको थियो।

नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुगेको छ । उक्त सम्मेलनमा नाडाकोतर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्धय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको छ।

 

सिप्रदी अटोपार्ट्सको लक्की ड्र: विजेताहरूले पाए मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

सिप्रदी अटोपार्ट्सको लक्की ड्र: विजेताहरूले पाए मोटरसाइकल,...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:२१

काठमाडौं, नेपाल – सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको...

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको...

वि.सं.२०८२ मंसिर २ मंगलवार २३:१०

  काठमाडौं, नेपाल – भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक बिक्रेता...

७० दिनपछि पुन : संचालनमा आयो टाटा मोटर्स थापाथली शोरुम, महाप्रबन्धक सिजापतिले थप सुविधा दिने दाबी

७० दिनपछि पुन : संचालनमा आयो टाटा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:५३

  काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त, बुटवलमा नयाँ शो–रूमको उद्घाटन

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त,...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:४४

बुटवल । नेपालको लागि जिली EX5 इलेक्ट्रिक सवारीसाधनको आधिकारिक आयातकर्ता...

७० दिनपछि पुन : संचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी

७० दिनपछि पुन : संचालनमा आयो टाटा...

वि.सं.२०८२ मंसिर १ सोमवार १७:०५

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका...

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: बिर्तामोडमा अत्याधुनिक...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०९:००

  बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ताएमएडब्लू वृद्धि...