Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ ।
आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धिहुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ ।

यद्यपी आईतबारको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आईतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रो पावर कम्पनीको शेयरमूल्य यस दिन ३४.८० रुपैयाँले बढेर ३८३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्य पनि ३४.०१ रुपैयाँले बढेर ३९५.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै यसदिन बरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य करीब साढे ५ प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधि जलविद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ । पियोर इनर्जी र दोर्दि खोला जलविद्युत कम्पनीको शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ ।

राधि जलसविद्युत कमपनी, बुटवल पार कम्पनी, नाग्दी ग्रुप पावर लिमिटेड, सानीमामाई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर आज सर्वाधिक माग भएको छ ।

 

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१६

  काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६...

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:०८

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत...

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

ओझा निलम्बनमा परेपछि पोखरेलले लिए अध्यक्षको सपथ

वि.सं.२०८२ असार ३१ मंगलवार २२:४९

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...