NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष÷सार्वजनिक संस्थालाई हानि नोक्सानी पु¥याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

मुद्दा दायर गरेकामा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन निमिक्त उपनिर्देशक एवं हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी र लेखा अधिकृत चन्द्रप्रसाद खनाल छन् ।

 

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...