एससीटीले ल्यायो Smart July अफर; बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

Friday Jul 04, 2025
वि.सं.२०८२ असार २० शुक्रवार १४:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।
जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानीगर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् ।
यो छुट पाउँन SCT-UPI कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिग मार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । SCT ले यस अघि बिगमार्टमै SCT Smart Wednesday अफर दिदै आएको थियो जसमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार SCT-UPI कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनु हुन्थ्योे ।
सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट क्ऋत् को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका SCT-UPI कार्डप्रयोगकर्ताहरूले पाउनु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथावित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ।