CG Electronics
IME Life
NIMB

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमती प्राप्त गरेको छ ।
विद्युत विकास विभागको असार १५ गतेको निर्णय अनुसार शुक्रबार परियोजनालाई निर्माणको अनुमती दिइएको हो । बेतन कर्णाली जलविद्युत आयोजनाभन्दा उत्तर तर्फ भारतीय कम्पनी ग्रान्धी मल्लीकार्जुन राओ (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अपर कर्णाली हाइड्रोपावर सँगको सिमाना बिवाद टुंगिएसँगै बेतनले निर्माण अनुमती प्राप्त गरेको विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच बिवाद टुंगीएको हो ।

विभागले विद्युत ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत नियमावली २०५० को नियम १७ तथा विद्युत् आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका २०७५ बमोजिम बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनालाई विद्युत उत्पादन अनुमति दिएको हो ।

कर्मचारी सञ्चय कोषको लगानीमा सुर्खेत जिल्लाको चौकुने र अछामको ढकारी गाउँपालिकाको सिमानामा बेतन कर्णाली जलविद्युत परियोजना बन्दैछ । यो परियोजनामा कोषका सञ्चयकर्ता ४० प्रतिशत, संस्थागत रूपमा कोष १५ प्रतिशत, विद्युत् उत्पादन कम्पनी र नेपाल विद्युत् प्राधिकरण १०–१० प्रतिशत संस्थापक शेयरधनी हुने गरी बनाउन लागिएको हो ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...