CG Electronics
IME Life
NIMB

नेपाल बैंकद्वारा बीमा दाबी रकम भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । मकवानपुर जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी मा.विका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहेका रघुनन्दन यादवकोे गत जेठ १२ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ३ मा सडक दुर्घटनामा परी देहावसान भएको हुँदा निजको परिवारलाई नेपाल बैंकद्वारा दुर्घटना बीमा दावी रकम वापत ५ लाख भुक्तानी गरेको छ ।

बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्राहकको मृत्यु भएमा ५ लाख सम्मको दुर्घटना बीमा पाउनसक्ने व्यवस्था अनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको छ ।

बैंकले यही असार २२ गते एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतक रघुनन्दन यादव प्रति श्रद्धाञ्ली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बीमा दावी रकमको चेक स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् ।

सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंकले आफ्ना ग्राहकहरुका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरुमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताए । उनले, भने स्व. रघुनन्दन यादव की पत्नी श्रमती अमिरा कुमारी यादवले दःखको बेलामा बिना कुनै झन्झट नेपाल बैंकबाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...