CG Electronics
IME Life
NIMB

नेपालमा २० प्रजातिका कोदो पाइन्छ, तर हाइब्रिड बीउको बढ्दो प्राथमिकता चिन्ताजनक

  कोदो उत्पादन बढाउन र प्रवद्र्धन गर्न अलग्गै नीति आवश्यक पर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ ।
त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रुपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र सिमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो ।

तर केही समय यता कोदो उच्च प्राथमिकतामा पर्न थालेको छ । विभिन्न होटलहरुमा समेत कोदोको ढिँडो, मःम, पिज्जा, रोटी जस्ता विभिन्न परिकारहरु बनाउन थालिएको छ । त्यति मात्र होइन,सरकारले कोदोको प्रवद्र्धनको लागि यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्न सुरु गरेको छ ।शुक्रबार सरकारले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजनागरी प्रथम राष्ट्रिय कोदो दिवस मनायो ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति र कोदो तथा फापर संघका अध्यक्ष डिबी बस्नेतले अहिले नेपालमा २० प्रजातिका कोदोहरु उत्पादन भइरहेको जानकारी दिए ।
जसमध्ये कतिपय लोप हुँदै गइरहेको बताउँदै उनले अहिले हाईब्रिडको बिऊहरुले प्राथमिकता पाउँदै गएको बताए । उनले भने,‘अहिले हेर्दा नेपालमा पाइने कोदो झण्डै २० प्रजातिका कोदोहरु छन् । तर ति कतिपय लोप हुने अवस्थामा पनि छन् । परम्परागत रैथाने बालीहरु विस्तारै लोप हुँदै गइरहेको छन् । हाईब्रिडको बिऊहरुले प्राथमिकता पाउँदै गरेका छन् ।’

कोदोको महत्व सरकारले बुझेर साउन १६ लाई कोदो दिवस मनाउने घोषणा गर्नु एकदमै सान्दर्भिक रहेको उनी बताउँछन् । ‘कोदोको महत्व सरकारले बुझेर नै साउन १६ लाई कोदो दिवस मनाउने भनेर घोषणा गरेको छ । पौष्टिकतामा कोदोको जुन खालको महत्व छ त्यसलाई अहिले सरकारले पनि महशुस गर्यो ।’ कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउन आवश्यक रहेको बताउँदै उनले पहाडतिर मानिसको बस्ती विस्तार पातलो हुँदै गएका कारणले उत्पादनमा अप्ठ्यारो भएको सुनाए । ‘कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउनुपर्छ । केही पहाडी क्षेत्रमा हुने कोदो बस्ति विस्तार पातलो हुँदै गएका कारणले अलि अप्ठ्यारो भएको छ । तर कोदो खेतीलाई अगाडि बढाउन सरकारसँग मिलेर हामी काम गर्छौं ।’ नेपालमा कोदोको बजारीकरणमा कुनै समस्या नरहेको दाबी गर्दै उनले उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादनमा जुट्ने प्रतिबद्धता जनाए ।

नेपाली उत्पादनले नेपाली बजारमा नै नपुग्दा आयात गर्नुपर्ने बाध्यता रहेकाले नेपालको उत्पादनले नै पुग्नेगरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘तर बजारीकरणको त्यति धेरै समस्या छैन । बाहिरबाट पनि आयात भइरहेको छ । यसलाई उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादन सुरु हामी गर्छौं । बिस्कुट, केक जस्ता खाद्यबस्तु उत्पादन भइरहेको छ । कोदोको उत्पादन बढाउन रासायनिक मल प्रयोग नगरेको राम्रो हो । नेपाली उत्पादनले नेपाली बजारमा नै पुगेको छैन । यो वर्षपनि झण्डै ७२ करोड जतिको कोदो बाहिरबाट नेपाल आइसकेको छ । तर केही कम्पनीहरुले बाहिर पनि पठाइरहनु भएको छ । नेपालको उत्पादनले पुग्नेगरी हामी अगाडि जानुपर्छ ।’

त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, प्रमुख केशब देवकोटाले स्वास्थ्यमा कोदोको परिकारको प्रयोय एकदमै महत्वपूर्ण रहेको प्रष्ट पारे । उनले भने,‘कोदोमा पौष्टिक तत्व बढी हुन्छ । प्रोटिन धेरै पाइन्छ चामलको तुलनामा यो धेरै उपयोगी छ । क्याल्सियम, पोटासियम पनि एकदमै बढी रुपमा पाइन्छ ।’ उनले भने,‘धान लगाउने सिजनमा नै कोदोको खेती लगाउन सकिन्छ । विशेष गरेर पाखो बारीहरुमा सहजै लगाउन सकिन्छ । धेरै पानी पनि आवश्यक पर्दैन् । मेहेनत पनि धेरै गर्न पर्दैन् । अहिले मधेसमा पानी नपर्नाले धान रोपाँइ सोचेजति हुन सकेको छैन । यस्तो अवस्थामा कोदो रोप्न सक्छौं ।’

‘नेपालमा पहाडी क्षेत्रहरु धेरै भएकाले पाखोबारीलाई सदुपयोग गर्न सकिन्छ । उत्पादन पनि बढाउन सक्छाँै । जलवायुमैत्री बालीको रुपमा विस्तार गर्न सक्छौँ । हिजोआज सहरका मानिसहरुले कोदोलाई खोजी खोजी खान थालेका छन् । त्यसैले यसलाई विविधिकरण गर्ने, परिकारहरु बनाउने कामहरु भइरहेका छन् । होम स्टेहरुमा झनै लोकप्रिय भएको छ,’ उनको भनाइ छ । सामान्य मेहेनतले पनि कोदो उत्पादन हुने भएकाले कोदो उपयोगी र सजिलो बाली रहेको विज्ञहरुको भनाइ छ । तर अब कोदोको विकास र प्रवद्र्धन गर्ने खालका नीतिहरु ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
कोदो अहिले २ लाख २५ हजार हेक्टर जमिनमा खेती भइरहेकाले आयात घटाएर निर्यात बढाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ । यतिबेला नेपालमा कोदोे ठूलो मात्रामा आयात र न्यून निर्यातबाट गुज्रिएको अवस्थामा रहेको विज्ञहरुको भनाइ छ ।

कृषि तथ्याङ्क आर्थिक वर्ष २०८०÷८१ अनुसार दुई लाख २४ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको छ । भने तीन लाख सात सय मेट्रिक टन कोदो उत्पादन भएको छ ।
७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ । यसरी सरकारले कोदोलाई प्राथमिकतामा राख्ने यो पहलले उत्पादन बढाई आयातमा कमि हुने सम्भावना देखिएको छ ।

कोदोको उत्पादन वृद्धिको लागि उत्पादन र विविधीकरणमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिएको छ ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...