CG Electronics
IME Life
NIMB

फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङका अनुसार आफुले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटर्वक सुरु गर्ने भन्दै आएपनि एक वर्ष पुगिसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताएका छन् ।

उनले अब भने चाडो भन्दा चाडो नेटर्वक विस्तारमा काम गर्नु पर्ने बताए । त्यस्तै, छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रुपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पारे । उनले फोर जि नेटर्वक हरेक जनताका घर घरमा पुर्याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए । उनले इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजीटल फ्रेमवर्क उदेश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महशुस गर्नबाट बञ्चीत रहने, डिजीटल सुशासन कायम गर्न चुनौति देखा पर्ने हुँदा दुरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न आग्रह गरे ।

यसैगरि उनले राजमार्गहरुमा देखा पर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटिसीलाई ध्यानार्काषण गराएका छन् । उनले पर्यटन प्रवद्र्धन गर्न इन्टरनेट र टेलिफोन सुविधा अत्यन्त जरुरी हुने भन्दै पर्यटकीय गन्तव्यहरुमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे । साथै, मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचार प्रसार गतिविधि निकै कम भएको औँल्याउदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसुचित गराउन अनुरोध गरेका छन् ।

छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्ने बताइन् । उनले सूचनाप्रविधिको क्षेत्रमा नविन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिएकी छन् । यस्तै, एनटीएका अध्यक्ष भुपेन्द्र भण्डारीले फाइभ जि नेटवर्क सूचारु गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको बताए । अब केहि समयमै टेन्डर प्रक्रिया थालनी गरेर नेटर्वक विस्तार सुचारु गर्ने उनको भनाई छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...