CG Electronics
IME Life
NIMB

कोदो र फापरबाट बनेका परिकार प्रवद्र्धन गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रबाट कोदोबाट बनेको परिकारहरुको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार नेपाल कोदो, फापर संघले कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट कोदोलाई प्रवद्र्धन गर्नका लागि र यसबाट बनेको परिकारहरुका बारेमा सचेतना जगाउनका लागि सरकार तथा अन्य संघ, संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले भने,‘हामीले निजी क्षेत्रबाट कोदो र यसबाट बनेको परिकारहरुको प्रमोटको लागि सहकार्य गरेर अगाडि बढ्नेछौं ।’

त्यस्तै उनले गाउँतिर रहेका खेतीयोग्य जमिन बाँझो अवस्थामा रहेकामा चिन्ता व्यक्त गर्दै उक्त जमिनको सदुपयोग गरेर परम्परागत खेती कोदो–फापर जस्ता उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।

उनले भने,‘हाम्रो गाउँतिर रहेको खेतीयोग्य जमिन बाँझो अवस्थामा छ । परम्परागत खेती कोदो–फापर उत्पादन भइराखेका बेला युवाहरु विदेशिने लहर चलेकाले खेतीमा कम ध्यान गएको छ । त्यसैले यसलाई प्रोमोट चाँही गर्नुपर्छ ।’

अध्यक्ष ढकालले आफू हरेक दिन विहानको खानाको रुपमा कोदो र फापरको रोटी खाने गरेको सुनाए ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...