NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शो २०२५ अवसरमा सारथी इकुटरले ल्यायो आकर्षक अफर

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले नाडा अटो शो २०२५ लाई लक्षित गर्दै विशेष नगद छुट योजना सार्वजनिक गरेको छ।

भदौ ३ गतेदेखि ८ गतेसम्म लागु हुने अफर अनुसार, सारथी इकुटरका दुई मोडेल इ–३ र विँगर स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँ नगद छुट पाउनेछन्। साथै, एक वर्षको कर, एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकका लागि मात्र लागू भए पनि, किस्ताबन्दीमार्फत २०% डाउनपेमेन्टमा अधिकतम ३ वर्षसम्म फाइनान्स सुविधा पनि लिन सकिने छ। साथै, प्रत्येक दिन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुने बताइएको छ।

३,९०० वाट मोटर पावर भएको विँगर र ३,००० वाट मोटर पावर भएको इ–३ स्कुटर दुवैमा २.८ केडब्ल्यू ब्याट्री प्रयोग भएको छ, जसले अधिकतम १२० किलोमिटर रेन्ज दिन्छ।

कम्पनीले इ–३ को मूल्य २ लाख १६ हजार रुपैयाँ र विँगर को मूल्य २ लाख ९ हजार रुपैयाँ तोकेको छ। हालको अफर अन्तर्गत दुवैमा २५ हजार छुट लागू हुनेछ।

नेपालका इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ प्वाइन्ट भएको दाबी गर्दै, कम्पनीका सेल्स हेड शंकर शर्माले विगत ६ वर्षदेखि लुयान ब्रान्डका ई–स्कुटर पनि विक्रि–वितरण गरिरहेको जानकारी दिए।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...