CG Electronics
Ncell NPL
NIMB

ललितपुरमा सुरु भयो एमजीको अत्याधुनिक डिलरशिप

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो, ललितपुरमा नयाँ अधिकृत डिलरशिपको उद्घाटन गरेको छ। एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको विक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्स प्रालिका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यतामा भएको औपचारिक उद्घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको संकेत गरेको छ ।

आजदेखि ग्राहकहरूले नयाँ सुविधा सम्पन्न शोरुममा गएर एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् । यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै अग्रवालले भने, ‘यो नयाँ डिलरशिप केवल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।’

प्यारामाउन्ट मोटर्स प्रालि नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक हो । जसले प्रिमियम विद्युतीय तथा इन्धन सञ्चालित गाडीहरूको विस्तारित श्रेणी उपलब्ध गराउँछ ।

CG Electronics
यामाहा एक्सएसआर १५५ मा नयाँ मेटालिक ब्ल्याक रङ, आकर्षक डिजाइनसँगै शक्तिशाली इन्जिन

यामाहा एक्सएसआर १५५ मा नयाँ मेटालिक ब्ल्याक...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:२३

  काठमाडौँ । यामाहा एक्सएसआर १५५ मोटरसाइकलका लागि नयाँ मेटालिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी बाइक

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:४५

    काठमाडौं । नेपालका लागि सीएफमोटो बाइक को आधिकारिक...

इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन– चालकहरुलाई सुनौलो अवसर

इनड्राइभ नेपालको “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन– चालकहरुलाई...

वि.सं.२०८२ फागुन १८ सोमवार १८:४८

  काठमाडौं, नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा...

ट्रायम्फ मोटरसाइकल्सले नेपालमा स्क्र्याम्बलर ४०० एक्ससी सार्वजनिक, प्रारम्भिक मूल्य ७.९९ लाख

ट्रायम्फ मोटरसाइकल्सले नेपालमा स्क्र्याम्बलर ४०० एक्ससी सार्वजनिक,...

वि.सं.२०८२ फागुन १६ शनिवार ०९:३२

काठमाडौं। प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकल्सले आफ्नो ४०० सीसी मोडर्न...

भारतकै टप ब्रान्ड ‘एम्पीयर’ अब नेपालमा, एसटीसी अटो शोलुसनद्वारा दुई मोडल सार्वजनिक

भारतकै टप ब्रान्ड ‘एम्पीयर’ अब नेपालमा, एसटीसी...

वि.सं.२०८२ फागुन १४ बिहीवार २१:०६

काठमाडौं । भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...