CG Electronics
IME Life
NIMB

इलेक्ट्रिकदेखि हाइब्रिडसम्म : नाडा अटो शोमा फोटोनका विविध पिकअप मोडल

NIMB
Himalayan Bank

काठमाडौं । नेपाली बजारमा फोटोन टुनल्यान्ड जी७ को सफल लन्चपछि यस वर्षको नाडा अटो शोमा फोटोनका अन्य दमदार गाडीहरू प्रदर्शनीमा रहेका छन्। नेपालका लागि आधिकारिक वितरक एमएडब्लु कमर्सियलले फोटोनका तीन प्रमुख मोडल टुनल्यान्ड भी९, टुनल्यान्ड जी७ र ई–टुनल्यान्ड सार्वजनिक प्रदर्शनमा राखेको छ।

हाइब्रिड पिकअप टुनल्यान्ड भी९ मजबुत इन्जिन, शक्तिशाली ड्राइभिङ अनुभव र आकर्षक डिजाइनसहित विभिन्न किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त मानिएको छ। काम वा मनोरञ्जन दुवै प्रयोजनका लागि उपयोगी यो मोडल नाडा अटो शोको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

नेपालमा पहिले नै उल्लेखनीय सफलता पाइसकेको टुनल्यान्ड जी७ स्टाइलिश डिजाइन, आरामदायी इन्टेरियर र सहज ड्राइभिङ अनुभवका कारण लोकप्रिय मोडल बनेको छ। यसले प्रदर्शन र आराम दुवै क्षेत्रमा ग्राहकलाई प्रभावित पार्ने दाबी गरिएको छ।

यस्तै, वातावरणमैत्री विकल्पका रूपमा प्रस्तुत गरिएको ई–टुनल्यान्ड इलेक्ट्रिक पिकअप हो। फोटोनले यसमार्फत हरित भविष्यतर्फको कदम चालेको बताइएको छ। इन्धनरहित भए पनि यसमा फोटोनका परम्परागत पावर र पर्फर्मेन्सका विशेषताहरू जस्ताको तस्तै रहेको कम्पनीले जनाएको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...