IME Life
NIMB

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले नौ महिनामा १ करोड १० लाख नाफा, प्रिमियम संकलन दोब्बर

NIMB
Himalayan Bank

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१÷८२ (२०२५) को पहिलो नौ महिनामा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि आ.व. २०८०÷८१ (२०२४) मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

इक्रा नेपालको प्रतिवेदन अनुसार, क्रेस्टले ९ महिनामा कुल बीमा प्रिमियम संकलन २३ करोड ६० लाख रुपैयाँ पु¥याएको छ, जुन अघिल्लो आ.व.को ९ करोड ८० लाख रुपैयाँको तुलनामा दुई गुणाभन्दा बढी हो । कम्पनीको लगानी पोर्टफोलियो पनि बढ्दै २०७९ चैतसम्म करिब ७४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जसको अधिकांश हिस्सा वाणिज्य बैंकहरूको सावधि निक्षेपमा राखिएको छ । यसले औसत ८.४ प्रतिशत प्रतिफल दिएको प्रतिवेदनमा उल्लेख छ ।

इक्रा नेपालले क्रेस्टको इशुअर रेटिङलाई (इक्रा एनपी आएआर) मा यथावत् राखेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ । प्रतिवेदनले कम्पनीको पर्याप्त पुँजी संरचना (२०८१ साउनसम्म १.९७ गुणा भुक्तानी अनुपात) र २३ शाखा तथा करिब १ हजार ४०० एजेन्टमार्फत विस्तार भएको नेटवर्कलाई सकारात्मक मानिएको छ ।

तर, प्रतिवेदनले चुनौतीहरू पनि औंल्याएको छ । क्रेस्ट अझै पनि जीवन बीमामा उच्च मात्रामा टर्म (सुरक्षा) नीतिमा निर्भर छ, जसले आ.व. २०८१÷८२ को पहिलो नौ महिनामा कुल प्रिमियमको करिब ७१ प्रतिशत हिस्सा ओगटेको छ । संस्थागत तथा ऋण–सम्बद्ध बीमा नीतिहरुमा बढी निर्भरता र ठूला जीवन बीमा कम्पनीहरूसँग बढ्दो प्रतिस्पर्धाले दीर्घकालीन लाभप्रदता र विस्तारमा चुनौती खडा गर्ने देखिन्छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २०८० सालमा अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय सुर्खेतमा र केन्द्रीय कार्यालय ललितपुर, सानेपामा रहेको छ । प्रमुख शेयरधारकमध्ये हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत, मेट्रो क्यापिटल प्रा.लि.को १२ प्रतिशत शेयर छ र अन्य निजी लगानीकर्ताहरू रहेका छन् ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...