CG Electronics
IME Life
NIMB

वेस्टमिन्स्टर बास्केटबल टुर्नामेन्टको उपाधि हाउण्ड्स एकेडेमीलाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । द वेस्टमिन्स्टर कलेज (टीडब्लुसी)ले आयोजना गरेको बास्केटबल टुर्नामेन्टको उपाधि हाउण्ड्स एकेडेमीले जितेको छ । टीडब्लुसीको “विक अफ वेलकम” कार्यक्रमअन्तर्गत सोमबार कुपण्डोलस्थित कलेज परिसरमा सम्पन्न फाइनल खेलमा हाउण्ड्सले हेराल्ड कलेजलाई पराजित गर्दै उपाधि आफ्नो बनाएको हो ।

यस प्रतियोगितामा ४२ कलेज तथा एकेडेमीले सहभागिताको लागि दर्ता गरेका थिए । तर छनोट प्रक्रियापछि ३२ टिमलाई मात्र खेलमा अवसर दिइएको थियो । तीमध्ये काठमाडौँ उपत्यकाका द ब्रिटिस कलेज, हेराल्ड कलेज, ग्लोबल कलेज, सेन्ट जेभियर्स कलेज, ट्रिटन इन्टरनेशनल कलेज, काञ्जिरोवा कलेज, ट्रिनिटी कलेज, प्रसादी एकेडेमी, नासा कलेज, अर्किड इन्टरनेशनल कलेज, काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटसहित २६ वटा कलेज र हाउण्ड्स, डाउनटाउन, बलर्स, इलाइट लगायतका ६ वटा बास्केटबल एकेडेमी सहभागी भएका थिए ।

रोमाञ्चक फाइनलमा हाउण्ड्सले हेराल्डलाई २१–२० को सेटमा हराएको हो । विजयी टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्यो । त्यस्तै उपविजेता हेराल्डले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँ हात पार्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी हाउण्ड्सकै साइमन गुरुङ घोषित भए, जसले ट्रफीसहित नगद ३ हजार रुपैयाँ प्राप्त गरे । विजेताहरुलाई टीडब्लुसीका हेड अफ कलेज अरुण लाल जोशी र इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवास गौलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

कार्यक्रमको पहिलो संस्करणमै उल्लेखनीय सहभागिता प्राप्त भएकोमा खुसी व्यक्त गर्दै इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवास गौलीले वेस्टमिन्स्टर कलेजले यस्ता प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...