CG Electronics
IME Life
NIMB

प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आइतबार (२०८२ भदौ ८ गते) १०औैं प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम ९एचभ(ब्चतष्अभिकजष्उ इचष्भलतबतष्यल एचयनचबm० सम्पन्न गरेको छ ।

यो कार्यक्रम गत जुनमा सञ्चालिन चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षाको क्याप २ ९ऋब्ए क्ष्क्ष्० तह उत्तीर्ण गरेका विद्यार्थी लक्षित रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रमको उद्देश्य परीक्षामा सफल भएका विद्यार्थीलाई पञ्जीकृत प्रशिक्षणसम्बन्धी आवश्यक जानकारी र क्याप ३ ९ऋब्ए क्ष्क्ष्क्ष्० तहमा दर्ताको लागि आवश्यक प्रक्रिया सम्बन्धमा जानकारी प्रदान गर्नु रहेको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको सुरुमा संस्थाका कार्यकारी निर्देशक सीए विमल डंगोलले सहभागीहरुलाई स्वागत गरेका थिए । सो क्रममा उनले उपस्थित सम्पूर्णलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरे ।

संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । ‘यो उचाइ प्राप्त गर्न अघि बढ्ने तपाईंहरुको यात्राको अन्त्य नभई सुरुआत हो, त्यसैले अझ धेरै मेहनतका निम्ति तयार रहनुहोला,’ उनले भने । संस्थाको सदस्य भएपछि प्राप्त हुने विभिन्न अवसरबारे समेत उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले पनि प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा पञ्जीकृत प्रशिक्षणको क्रममा प्रशिक्षार्थीले पालना गर्नुपर्ने व्यवहार, प्रशिक्षार्थी तथा प्रशिक्षकको भूमिका र लेखापरीक्षण फर्मको अधिकार तथा कार्यक्षेत्र जस्ता विषय समावेश थियो ।

उनको प्रस्तुतीकरणमा कार्य वातावरण, लेखापरीक्षण फर्मको व्यावसायिक अभ्यास, व्यावसायिक संस्कृति, व्यवहार, आर्टिकल्ड प्रशिक्षार्थी र सिद्धान्त, अडिट फर्ममा जिम्मेवारी र अधिकार, तोकिएको अडिट फर्म र ग्राहक कार्यालयको वातावरण र व्यवहारसम्बन्धी विषयवस्तु पनि समावेश थियो ।

कार्यक्रममा संस्थाका शिक्षा महाशाखाका सहायक निर्देशक सीए गौरव खतिवडाले प्रशिक्षण सम्झौतासम्बन्धी नीतिगत आधार तथा प्रक्रियाका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।

प्रशिक्षक राजन कोइरालाले प्रशिक्षणका क्रममा गर्नुपर्ने सञ्चार, शिष्टाचार तथा व्यावसायिक आचरण र लेखापरीक्षण फर्मभित्र गर्नुपर्ने सञ्चारका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा संस्थाले आयोजना गरेको आइक्यान निबन्ध प्रतियोगिता ९क्ष्ऋब्ल् भ्ककबथ ऋयलतभकत, द्दण्द्दछ० का विजेता तथा उपविजेता क्याप ३ (ऋब्ए क्ष्क्ष्क्ष्० तहका विद्यार्थीलाई नगद तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

सो अवसरमा संस्थाका सदस्य सीए राजु गजुरेलले सूचना प्रविधिमा ठूलो परिवर्तन आएकोले लेखा क्षेत्रमा पनि सोहीअनुसार अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याए । उनले आउटसोर्सिङसम्बन्धी अवधारणा प्रस्तुत गर्दै विश्वव्यापी अवसरबारे जानकारी दिए ।
संस्थाका पार्षद् तथा बोर्ड अफ स्टडिजका सदस्य सीए उमेशराज पाण्डेयले धन्यवाद ज्ञापनका क्रममा जीवनका हरेक पक्षमा औचापरिक सञ्चार सीपको आवश्यकतामा जोड दिँदै आर्टिकलसिप प्रशिक्षणका क्रममा सिकाइमा ध्यान केन्द्रित गर्न विद्यार्थीलाई सुझाए ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...