CG Electronics
IME Life
NIMB

“कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश”: काजारियाद्वारा भव्य उपभोक्ता योजना सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उत्कृष्ट गुणस्तर र नवीन डिजाईनका लागि परिचित कजारिया टायल्स ले आज “कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश” नामक उपभोक्ता योजना घोषणा गरेको छ। यस चाडपर्वको अवसरमा, ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक दयब्त स्मार्टवाच जित्ने मौका पाउनेछन्। साथै, बम्पर उपहार स्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ।

कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन यो उपभोक्ता योजना ल्याएको हो। ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा १,००० वर्गफिट काजारिया टायल्स खरिद गरेपछि यसमा सहभागी हुन सक्नेछन्। १,००० वर्गफिट भन्दा बढी खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत आकर्षक दयब्त स्मार्टवाच जित्न योग्य हुनेछन्। साथै, भाग्यमानी केही जोडीहरूले बम्पर उपहार स्वोरुप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज भ्रमण अवसर पाउनेछन्। यो योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ, र यस अवधिमा गरिएका सबै खरिद यस योजनामा सहभागी हुने आधार हुनेछन्।

काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भने, “दशकौँदेखि काजारिया विश्वास, गुणस्तर र उत्कृष्टताको उदाहरण बनेको छ। यो योजना हाम्रो ग्राहकहरूको अटल विश्वासप्रति धन्यवाद व्यक्त गर्ने माध्यम हो, जसले हामीले दिने उत्कृष्ट अनुभवप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ।”उहाँले थप्नुभयो, “यस चाडपर्वमा नजिकैको काजारिया टायल्स डिलरमा पुग्नुस्, आकर्षक कलेक्सनबाट रोज्नुस् र स्क्यान गरेर जित्नुस्, आफ्नो घरसँगै आफ्नो भाग्य पनि रूपान्तरण गर्नुस्।”

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०ह१२० सेमी, ६० ह ६० सेमी, १९.५ह१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०ह४० सेमी) र सिरामिक वाल टाइल्स (३०ह६० सेमी, ३०ह४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...