CG Electronics
IME Life
NIMB

सरकारको दायित्व र साल्ट ट्रेडिङ कर्पोरेशनको भूमिका

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

साल्ट ट्रेडिङ कर्पोरेशन नुनको विक्रीवितरणको लागि विशेष व्यवस्था गरेर स्थापना गरिएको कम्पनी हो । पहिला नुनको विक्रीवितरण त्यतिबेलाका साहु महाजनहरुले गर्ने गरेका थिए । व्यक्तिको हातमा नुनको विक्रीवितरण हुँदा मूल्यमा मनलाग्दी गर्ने, कृतिम अभाव सिर्जना गर्ने र दूर्गम जिल्लाहरुमा समान वितरण नहुने कारणले अभाव हुने गरेको थियो । नुन जस्तो अतिआवश्यक वस्तु व्यक्तिको मनोमानीले अभाव सिर्जना हुन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेशन स्थापना गरिएको हो ।

तत्कालीन अवस्थामा नियन्त्रित रुपमा भइरहेको कारोबारमा देखिएको कृतिम अभाव, अवान्छित मूल्य गुणस्तरहीन नुनको विक्रीवितरणलाई हटाइ साल्ट ट्रेडिङ कर्पोरेशनले गुणस्तरयुक्त नुनको आपूर्ति व्यवस्थालाई व्यवस्थित, नियन्त्रित तथा उचित मूल्य र उपलब्धतालाई नियमित गरी आमउपभोक्तालाई उपलब्ध गराउदै आएको छ । साल्ट ट्रेडिङको स्थापना हुनु अगाडि नुनको लागि दूरदराजका मानिसहरुले चार÷पाँच दिन हिड्नुपथ्र्यो भने काठमाडौंका मानिसले समेत २÷३ दिन लगाउनुपथ्र्यो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनी, दाल, चामल, ग्याँस, रासानिक मललगायतका अत्यावश्यक वस्तुहरु सर्वसुलभ ढंगले उचित मूल्यमा विक्रीवितरण गर्दै आएको छ । काठमाडौंलगायत मोफसलका १ सय २० स्थानमा सामान ढुवानीको व्यवस्थासहित सुपथ मूल्य पसल स्थापना गरेर नुनलगायतका खाद्य सामग्री विक्रीवितरणको व्यवस्था मिलाइएको छ । खाद्य सामग्रीसँगै रासानिक मल आयात गरी विक्रीवितरण गर्ने, खाद्य उद्योग लिमिटेड सञ्चालन गरी सर्वसाधारण नेपाली जनतालाई राहतको अनुभूति गराउने ।

काठमाडौंका विभिन्न ठाउँमा स्टलहरु स्थापना गरी मा नून, चिनीलगायतका खाद्यवस्तुहरु उपभोक्ताहरुलाई सुपथ मूल्यमा उपलब्ध गराउने । निकासी, पैठारी र व्यापार प्रवद्र्धनको लागि स्वदेशी र विदेशी कम्पनीहरुसँग समन्वय गरी काम गर्ने । स्थापना भएको उद्योगहरुमा लगानी गर्ने । स्वदेशी तथा विदेशी खाद्य सामग्रीहरुको बजारीकरण गरी विक्रीवितरण गर्ने । हाम्रो शाखा कार्यालयहरु सबै प्रदेशमा रहेका छन् भने उपशाखाहरु दूरदराजका विभिन्न जिल्लाहरुमा रहेका छन् । संघ, प्रदेश र जिल्लामा ३१५ वटा शाखा, उपशाखा कार्यालयहरु स्थापना गरेका छौं । त्यस्तै उद्योगधन्दामा पनि साल्ट ट्रेडिङको लगानी रहेको थियो ।

गोरखकाली रबर उद्योगमा, बुटवल धागो कारखानालगायमा शेयर थियो । हाल लक्ष्मी सनराइज बैंक लिमिटेडमा हाम्रो शेयर लगानी छ । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीमा पनि शेयर लगानी छ । त्योबाहेक हाम्रा इन्भेष्टमेन्ट कम्पनीहरु पनि छन् । अहिले ‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन आदिको विक्री वितरण गर्दै आएका छौं । दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेका छौं । नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानीमा अनुदान उपलब्ध हुने गरेको छ । ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुनको ढुवानीमा नेपाल सरकारले अनुदान दिएको हुन्छ । त्यो अनुदानमा दुर्गम जिल्लाहरुको लागि मात्रै भनेर वितरण गरिरहेका छौं ।

दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रतिकेजी नौ रुपैयाँ कायम गरिएको छ । बाँकी साल्ट ट्रेडिङकै क्षति भइरहेको छ । नुनको गुणस्तर परीक्षणका लागि भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परीक्षण गरी विक्री वितरण गर्ने गरिएको छ । नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सर्वसुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा हामीले व्यवस्थित ढंगले काम गर्दै आएका छौं । यथार्थमा भन्नुपर्दा नेपालमा नुन प्याकिङ गर्नुअगाडि तोकिएको मापदण्ड अनुसार आयोडिन सही मात्रमा भएनभएको परीक्षण गरिन्छ ।

हामीले तयार पारेको प्रतिवेदन अनुसार करिव ८३ प्रतिशत घरपरिवारले आयोडिनयुक्त नुन प्रयोग गर्ने गरेको पाइएको छ । हामीसँग करिव ६ महिनाको लागि नुन स्टक छ । २०७२ सालको महाभूकम्पको समय र कोभिड १९ को महामारीमा पनि नुनको अभाव भएको थिएन । त्यस्तै जनस्वास्थ्यसँग जोडिएको आयोडिनको कमीबाट हुने रोगबाट बच्चको लागि यसले ठूलो सफलता प्राप्त गरेको छ । त्यस्तै नेपालमा विक्र वितरण हुने आयोडिनयुक्त नुन दक्षिण एशियामै सबैभन्दा सस्तो रहेको छ । दुर्गम क्षेत्रमा नुनसँग अन्य खाद्यवस्तु आपूर्तिको लागि नेपाल सरकारको सहयोग आवश्यकता रहेको छ । नेपाल सरकारपछि साल्ट ट्रेडिङको विक्री वितरण नै सबैभन्दा ठूलो हो । नेपाल सरकारको उत्तरदायित्वलाई हामीले साल्ट ट्रेडिङमार्फत जिम्मेवारी निर्वाह गरिराखेको हो ।

नुनको गुणस्तरको परिवार महाशाखा अन्तर्गत पोषण शाखाबाट नियमित अनुगमन गरिने छ । त्योसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट मूल्य, आपूर्ति, तौला, प्याकेजिङ्ग लेभल, उपभोग समयको अन्तिम मिति, कालो बजारी, स्टक आदिको पनि निरीक्षण गर्ने गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नुनको आयोडिनको मात्रा सबै चेक गरिन्छ । आयोडिनको कमीले १९८५÷९६ मा गलगाँडको समस्या ४४ दशम २ प्रतिशत रहेकोमा २००७ सातमा आइपुग्दा ० दशमलब ४५ प्रतिशतमा रहेको अवस्था छ । अहिले भिजिबल–देखिने कन्ट्रोल लगभग निर्मूल भएको अवस्था छ । त्यस्तै नेपाल सरकारले सर्वे गरेअनुसार सन् २०१६ मा ९४ दशमलब ५ प्रतिशतमा आएको अवस्था छ । ९० दशमलव ७७ प्रतिशत घरपरिवारले आयोडिनयुक्त प्रयोग गरिरहेको अवस्था छ ।

त्यस्तै २०२२ मा ९८ प्रतिशत घरपरिवारल आयोडिनयुक्त नुन उपभोग गरिराखेको अवस्था छ । ९० प्रतिशतका लक्ष्य लिइएकोमा ९८ प्रतिशत पुगेको अवस्था छ । युनिसेफ र ग्लोबल आईडिया नेटवर्कबाट युनिसेफसँग गरेको सर्वेक्षणअनुसार नेपालको सबैभन्दा उत्कृष्ट भनिएको थियो । यसलाई हामीले सरकारले लिएको उद्देश्य भनिरहेका छौं । जिल्ला समन्वय समिति प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सीडीओ अथवा उहाँहरुको प्रतिनिधि, जिल्ला कर्पोरेशन कार्यालयमा कार्यरत कर्मचारीको प्रतिनिधि र नुन बुझेको समय जिल्ला अधिकारीबाट प्रमाणित भएपछि मात्रै ढुवानीकर्तालाई भुक्तानी दिने गरिएको छ । कतिपय दूर्गम ठाउँमा नुन नपुग्दा बिल बनाएर भुक्तानी गरिएको भनिएको छ ।

त्यसमा हाम्रो कुनैपनि हात रहँदैन । सम्बन्धित जिल्लाको सीडीओले मुचुल्का नउठाइकन हामीले भुक्तानी दिने चलन छैन । दूर्गम जिल्लामा विक्री वितरण प्रक्रिया पनि त्यहीं आधारमा हुन्छ । त्यसैगरी दूर्गम जिल्लामा ४० हजार ४ सय बोरा मात्रै रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को लागि आयत भइसकेको अवस्था छ । कार्यक्रम कन्ट्रोलको विषयमा भन्नुपर्दा २०८०÷८१ मा सतप्रतिशत ढुवानी भएको अवस्था छ । त्यसकारण हामीले आयोडिनयुक्त नुनको गुणस्तर, ढुवानी र विक्री वितरणमा राम्रो सफल हासिल गरेका छौं भन्ने लाग्छ । (श्रेष्ठ, साल्ट ट्रेडिङ कर्पोरेशनकी अध्यक्ष हुन्)

http://stcnepal

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...