CG Electronics
IME Life
NIMB

शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण

NIMB
Himalayan Bank

 

बुटवल । प्रोटोन नेपालले नेपाली ईभी ग्राहकहरूको विश्वास जितिरहेको छ । यसैक्रममा प्रोटोनले उपलब्धि हासिल गर्दै, बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट हस्तान्तरण गरेको छ।

यो शोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ।
यस हस्तान्तरणले नेपालभरका ग्राहकहरूबीच इमास ७ को लोकप्रियता बढिरहेको स्पष्ट देखाएको छ ।

धेरै खरिदकर्ताहरूले शो–रुम उद्घाटनअघि नै आफ्नो ईभी खरिद सुनिश्चित गर्ने निर्णय गरेका छन्, जसले प्रोटोनको प्रविधि र बिक्रीपछिको सेवाप्रतिको विश्वास काठमाडौंभन्दा बाहिर पनि तीव्रगतिमा बढिरहेको देखिएको छ ।

यो उपलब्धि पोखरामा सम्पन्न सफल हस्तान्तरण पछि आएको हो, जहाँ प्रोटोनले उत्साही ग्राहकसँग सामूहिक हस्तान्तरणको उत्सव मनाएको थियो । पोखराको सफलतामाथि आधारित हुँदै, बुटवलको सामूहिक हस्तान्तरणले ब्रान्डको विश्वसनीयता र नेपालभर बढ्दो लोकप्रियतालाई अझ मजबुत बनाएको छ ।

यसै प्रसंगमा नेपालमा प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवालले भन्नुभयो- ‘शो रुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ ।’

त्यसैगरी शुन्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरहरू सहित, प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ ।

चीनको अग्रणी ईभी निर्माता जीलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधाहरूलाई एकीकृत गर्दै नेपालका इभी पारखीहरुको उत्तम साथी बनेको छ ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...