CG Electronics
IME Life
NIMB

सुजुकीको पहिलो सर्भिस सेन्टरले मनायो १६औं वार्षिकोत्सव 

NIMB
Himalayan Bank

काठमाडौं । सुजुकीको काठमाडौंमा स्थापित पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । हाल काठमाडौंको जोरपाटी, दक्षिणढोकामा अवस्थित अटो एभको १६औं वार्षिकोत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले लामो समय सम्म सफलतापूर्वक क्रियाशील रहेको स्मरण गर्दै आगामी दिनको लागि समेत सफलताको शुभकामना दिए ।

सो अवसरमा सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पका नेसनल सर्भिस हेड सरोज खड्का, मार्केटिङ म्यानेजर सजल श्रेष्ठ, डिलर इन्चार्ज अभिषेक ठाकुर र समाजसेवी सुदर्शन सिग्देल लगायतले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्दै आगामी दिनका लागि सफलताको शुभकामना दिए । उनीहरुले सर्भिस सेन्टरमा उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा ब्यक्त गरे ।

सुजुकीका हाल देशभर र काठमाडौं उपत्यकामा समेत धेरै सर्भिस सेन्टर भए पनि अटो एभको फरक पहिचान छ । सफल युवा अटो व्यवसायी मधुसूदन सिग्देलको नेतृत्वमा संचालित अटो एभ सर्भिसिङको क्षेत्रमा सुपरिचित बनेको छ । काठमाडौंको मित्रपार्कमा २०६६ सालमा स्थापना भएको अटो एभ करिव ९ महिना देखि भने जोरपाटी, दक्षिणढोकामा स्थानान्तरण भएको छ । कार सेग्मेन्टमा सबैभन्दा ठूलो सेल्स, सर्भिस र स्पेयर पाट्र्स नेटवर्क भएकाले सुजुकी गाडी खरिद गरेपछि आफ्टर सेल्स सर्भिसमा ढुक्क वन्न सकिने अधिकांश ग्राहकको बुझाई छ । यो ब्रान्डको गाडी प्रयोग गर्दा मेन्टिनेन्स लगायत अन्य संचालन खर्च एकदमै कम पर्ने आम विश्वास समेत रहेको पाइन्छ । सुजुकीको उपत्यकामा मात्र १ दर्जन बढी सर्भिस सेन्टर संचालनमा छन् । ती मध्ये अधिकांशले सुनेको र कहलिएको नाम हो अटो एभ प्रालि ।

फराकिलो पूर्वाधारमा फैलिएको यो सर्भिस सेन्टर अत्याधुनिक उपकरण तथा टुल्स, दक्ष तथा अनुभवी टिम र सुविधासम्पन्न भौतिक संरचनाले सुसज्जित छ भन्दा फरक पर्दैन ।

गाडीको मर्मतसम्भार सम्बन्धी सम्पूर्ण काम हुने अटो एभमा सुजुकी जेन्युइन पाट्र्सको छुट्टै आउटलेट समेत संचालनमा छ । जहाँबाट ग्राहकले सुलभ मूल्यमा स्पेयर पाट्र्स लगायत अन्य कम्पोनेन्ट खरिद गरी गाडीको मर्मतसम्भार गराउन सक्छन् ।

यो सर्भिस सेन्टरले उत्कृष्ट सेवा प्रदान गरे वापत आधिकारिक बितरक कम्पनी सिजी मोटोकर्पबाट कैयन पटक सम्मान समेत पाएको छ । सुजुकी गाडीको मर्मतसम्भार र सर्भिसिङ सम्बन्धी सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध हुने हुँदा अटो एभबाट ग्राहकले जस्तोसुकै समस्याको समाधान समेत सहज तवरबाट पाउने सिग्देल दाबी गर्छन् । उनी भन्छन्, ‘हामीकहाँ आएपछि ग्राहकले हरेक समस्याको समाधान पाउनुहुनेछ ।

कतिपय अबस्थामा त अन्य सर्भिस सेन्टरले समाधान गर्न नसकेका केही जटिल समस्याहरुलाई समेत हाम्रो टिमले सहजताका साथ समाधान गरिदिएका छन् । जुन हाम्रो टिमको सबैभन्दा ठूलो सवल पक्ष समेत हो ।’ यहाँ गाडीको समस्या लिएर भित्र छिरेपछि त्यसको समाधान भएरै छाड्ने उनी बताउँछन् ।

अटो एभले हरेक वर्ष विभिन्न अवसर पारेर सर्भिस क्याम्प र फ्रि–चेकअप क्याम्प मार्फत ग्राहकलाई अतिरिक्त सुबिधा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...