Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ राजधानीमा आयोजना हुँदै

काठमाडौं । राजधानीमा अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ आयोजना हुने भएको छ । ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार मेलामा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसहित उल्लेख्य संख्यामा शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययन गर्न आवश्यक शैक्षिक ऋण, भिसा प्रक्रिया, छात्रवृत्ति विवरण, भर्ना प्रक्रिया तथा बीमा सेवाबारे प्रत्यक्ष जानकारी पाउने आयोजक पक्षले जानकारी गराएको छ । विशेषगरी यस वर्ष कक्षा १२ पुरा गरेका विद्यार्थी, स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू साथै अभिभावकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

नायरका अध्यक्ष उद्धव खड्काका अनुसार शैक्षिक मेलाले विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी सबै आवश्यक परामर्श निःशुल्क उपलब्ध गराउनेछ । सो अवसरमा विभिन्न छात्रबृत्तिको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई सीधा अवसर लिन सकिने वातावरण मिलाइएको आयोजकको भनाई छ ।

मेलाको इभेण्ट म्यानेजमेन्ट इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले गर्ने भएको छ भने नायरका अध्यक्ष उद्धव खड्का र महासचिव विराज पाण्डेले यसलाई सफल बनाउन तयारी तीब्र पारिएको जनाउनुभएको छ । आयोजकले यस मेलालाई नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न विश्वसनीय प्लेटफर्मको रूपमा प्रस्तुत गरेको छ ।

नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) अष्ट्रेलियामा अध्ययनका अवसरबारे नेपाली विद्यार्थीलाई सहज, पारदर्शी र विश्वासिलो शैक्षिक परामर्श दिने उद्देश्यले स्थापना गरिएका शैक्षिक संस्थाहरुको छाता संगठन हो । अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरूसँग प्रत्यक्ष समन्वय गर्दै नायरले शिक्षा मेला, सेमिनार र अन्तरक्रियामार्फत विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी, भिसा प्रक्रिया, छात्रबृत्ति तथा अन्य शैक्षिक सेवाबारे मार्गदर्शन गर्दै आएको छ ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...