CG Electronics
IME Life
NIMB

कुरियर सेवा संघको अध्यक्षमा अनिल राजभण्डारी

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल कुरियर सेवा संघको अध्यक्षमा अनिल राजभण्डारी चयन भएका छन् । संघको ३१ औँ बार्षिक साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १७ सदस्यीय कार्यकरिणी समिति तथा ७ सदस्यीय प्रदेश पदेन समेत गरी २४ सदस्यीय कार्यकरिणी समिति गठन गरेको हो ।

समितिको निवर्तमान अध्यक्षमा दुर्गा प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा संजय मण्डल र उपाध्यक्षमा क्रमशः राजकुमार सामरी र तीलराज खतिवडा चयन भएका छन् । त्यस्तै, महासचिवमा कृष्ण प्रसाद नेपाल, उपमहासचिवमा किरण थापा, कोषाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा लक्ष्मण घिमिरे चयन भएका छन् भने सहकोषाध्यक्षमा मीना आचार्य रहेका छन् ।

संघका अनुसार केन्द्रीय सदस्यहरुमा क्रमशः मीना आचार्य, सौरभ मैनाली, रणदिप जंग रायमाझी, टंक मणी खरेल, खोट राज सुवेदी (माधव), रविन्द्र कार्की, निशा आचार्य र प्रकाश राउत रहेका छन् । साथै, प्रदेशतर्फको केन्द्रीय कार्यसमितिका पदेन सदस्यहरुमा कृपा नारायण चौधरी (कोशी प्रदेश), भरत प्रसाद अधिकारी (मधेश प्रदेश), अर्पण बाबु सुवेदी (बागमति प्रदेश), रामचन्द्र पौडेल “रामु” (गण्डकी प्रदेश), श्रीधर पोखेल (लुम्बिनी प्रदेश), कृष्ण प्रसाद अधिकारी (कर्णाली प्रदेश) र अनिल चौधरी (सुदुर पश्चिम प्रदेश) रहेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताए । उनले भने, ‘सरकारले दिनुपर्ने, मन्त्रालयले दिनुपर्ने, खासगरी अहिले प्रचलनको बोझबाट अगाडि बढिरहेको छ।

वाणिज्य क्षेत्र खासगरी घरेलु बजार भन्दा अझ बढी उन्नत र तपाईंको अन्तर्राष्ट्रिय मार्केट भइसकेपछि त्यसलाई नियमन गर्ने, यसलाई व्यवस्थित गर्ने, तपाईंहरूको सेवालाई आकर्षक बनाउने। त्यहाँ त्यसमा आइपर्ने अनेक खालका कतै चोरीको कुरा होला, कहीँ अवैध खालका घुसपैठिका विषयहरू होलान् । त्यसलाई कसरी समाधान गर्न म उपयुक्त समयमा चाँडै मन्त्रालयमा आमन्त्रण गर्ने छु, छलफल गर्ने छु।’

उनले आजको डिजिटल प्लेटफर्मको विकासले हुलाक सेवा विस्थापन भए पनि संसारभरका नेपालीलाई जोड्न सफल भएको बताए।
‘आजको डिजिटल प्लेटफर्मको विकास भइसकेपछि, डिजिटल प्रणालीले नयाँ खालको विकास गरिसकेपछि खासगरी हुलाक सेवा जुन रूपमा थियो, त्यो पुराना चिजहरू विस्थापन भयो,’ उनले भने, खासमा नेपालीहरू संसारभर फैलिसकेपछि उसको कुनै न कुनैरुपा हामीसँग जोडिएका छन् । आफ्नो मातृभूमिसँग आजको कर्मभूमिमा हुँदाखेरि त्यसको कुनै न कुनै लगाव, व्यवसायिकता या करेन्सीको या फेमिलीवर विभिन्न हिसाबले सम्बन्ध छ। त्यसैले त्यसलाई एउटा जोड्ने सेवा प्रवाह र व्यवसायिकतालाई त्यो विषयले अझ यसले बढोत्तरी पायो।’


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले कुरियर सेवाको महत्व र भूमीका कस्तो रहन्छ भन्ने कुरा कोभिडको समयमा यसले पुर्याएको योगदानबाट नै प्रष्ट भएको बताए । कोरोना कहरको समयमा अत्यावश्यक वस्तुहरुको ढुवानी र त्यसलाई सहज गर्न कुरियरले जुन भूमीका खेल्यो त्यो कुरियर क्षेत्रमा महत्वपूर्ण र सह्रानिय कार्य भएको उनले जनाए ।

“कोरोना कहरमा कुरियर व्यवसायीले जून सेवा प्रदान गरे त्यो प्रशंसनिय रहयो”, श्रेष्ठले भने । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक श्रेष्ठले कुरियर व्यवसाय अब सेवा मात्र नभएर यो व्यवसायीहरुको अभिन्न व्यवसायको रुपमा स्थापित भएकोले यसलाई उद्योग वाणिज्य अन्र्तगतको व्यवसायमा राख्नु पर्ने बताए । उनले कुरियर क्षेत्रका समस्या र चुनौतलाई हल गर्न चेम्बरले पूर्ण साथ दिने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल र संघिय संसद रामहरी खतिवडा लगायतले कुरियर क्षेत्रका समस्या र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...