CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

हाम्रो पात्रोको ध्यानाकर्षण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हालै सरकारको सूचीकरण सम्बन्धी निर्णयमा “हाम्रो पात्रो” को नाम समावेश भएको समाचार धेरैका लागि आश्चर्यजनक बन्यो । हाम्रो पात्रोलाई उक्त सूचीमा देख्दा प्रयोगकर्ताहरू अचम्ममा पर्नुभयो भने विभिन्न थरिका हल्ला र अफवाहहरू सामाजिक सञ्जालमा देखिन थाले ।

यी फैलिएका अफवाह र भ्रमले हाम्रो ध्यान आकर्षित गरेको छ। हामीले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक प्रश्नहरूलाई उत्तर दिने प्रयास गर्दैछौं ।

कहिले शुरु भयो हाम्रो पात्रो ?

विदेशमा बस्ने नेपालीहरूले आफू आउँदा ल्याएको पात्रो (क्यालेन्डर) वर्षदिनमा पुरानो हुने र नेपालको चाडपर्व र विशेष दिनहरूको बारेमा विदेशमा बस्ने नेपालीहरूलाई थाहा नहुने भएकाले शंकर उप्रेतीले २०१० मा हाम्रो पात्रोको शुरुवात गरेका हुन् । विस्तारै यो एपले दिन प्रतिदिन लोकप्रियता पाउन थालेपछि संस्थापक शंकर उप्रेतीले यसलाई औपचारिकता दिएका हुन् ।

के हाम्रो पात्रो नेपालमा दर्ता छैन ?

हाम्रो पात्रो सन् २०१६ (वि.सं. २०७३) देखि नेपालमा दर्ता भएको हो । यो Smart Ideas Pvt. Ltd. नाम गरेको आइटी कम्पनीको उत्पादनको रूपमा नेपालमा दर्ता भएको छ र लगभग १० वर्षदेखि नेपाल सरकारको कानुन बमोजिम एउटा जिम्मेवार संस्थाले पूरा गर्नुपर्ने सम्पूर्ण कार्यहरू पूरा गर्दै आइरहेको छ । अहिले यस कम्पनीमा १०० भन्दा धेरै कर्मचारीहरू कार्यरत छन् र हाम्रो पात्रोले नेपालमा कर तिर्दै आइरहेको छ ।

अनि अहिले दर्ता गरिएको भन्ने कुरा के हो?

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको सुचीमा हाम्रो पात्रोलाई पनि उल्लेख गरेपछि मन्त्रालयको निर्देशन अनुसार अहिले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा हाम्रो पात्रो सुचीकृत गरिएको मात्र हो । तर, हाम्रो पात्रोले भर्खरमात्र नेपालमा दर्ता गरायो भनेर अफवाह फैलीरहेको छ ।

के हाम्रो पात्रो सामाजिक सञ्जाल हो ?

नेपाल सरकारको कानुन अनुसार “सामाजिक सञ्जाल” भन्नाले कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासिँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप हो। त्यस व्याख्या अनुसार, हाम्रो पात्रो अहिलेसम्म सामाजिक सञ्जालको श्रेणीमा पर्दैन।

यसै बीच सरकारको सामाजिक सञ्जालको सूचीमा नाम सार्वजनिक भएपछि विभिन्न सामाजिक सञ्जालमार्फत हाम्रा प्रयोगकर्ताहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्दै हामीमाथि देखाउनुभएको माया तथा विश्वास देख्दा हामी खुशी भयौं। यो माया र चासोले हामीलाई थप हौसला दिएको छ । त्यसका लागि सबैलाई धन्यवाद ।

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४

काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २३:०३

  काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो...

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:०१

  काठमाडौं, नेपाल — Midea ले नेपाली बजारमा आफ्नो नयाँ...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा उपहारको वर्षा

फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरु: मात्र २ पोइन्टमा...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:४१

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित...

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR पहलमार्फत सहयोग

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई CSR...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:३५

काठमाडौं, नेपाल । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै...