CG Electronics
IME Life
NIMB

जेन–जी आन्दोलनको अप्रिय घट्ना छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग

NIMB
Himalayan Bank

 

 

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले जेन–जी आन्दोलनले निम्त्याएको नयाँ परिस्थितिसँगै अब पार्टी पनि सोही अनुसार चल्नुपर्नेमा जोड दिएको छ ।

सङ्घका अध्यक्ष माधव चम्लागाईंले प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको दुई दिने आन्दोलनले मुलुकको राजनीतिक सोच बदलिएको भन्दै कांग्रेसले पनि आफूलाई परिमार्जित गर्नुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा कांग्रेसले अब नयाँ पुस्ताका आवाजलाई सुनुवाइ गर्दै पुस्तान्तरणमा ध्यान दिएर पार्टीको संरचना र कार्यशैलीमा तत्काल परिवर्तन गर्नु पर्नेमा जोड दिइएको हो ।

साथै विज्ञप्तिमा जेन(जी युवामाथि गोली हान्नेलाई कारबाही गर्न माग गर्दै तत्काल उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ ।

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले जेन(जी आन्दोलनमा निधन भएका सम्पूर्ण युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै निर्दोष युवामाथि गोली प्रहार गर्ने जस्तो बर्बर र अमानवीय कार्यको कडा शब्दमा भत्र्सना गरेको छ ।

‘यस घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग तत्काल गठन गर्न सरकारसँग माग गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

‘भ्रष्टाचार, नातावाद, कृपावाद र नागरिकको आवाज नसुन्ने प्रवृत्तिका कारण ३४ निर्दोष युवाले ज्यान गुमाउनु परेको घटना नेतृत्वको अक्षम र संवेदनहीनको चरम उदाहरण हो। यो कुनै पनि हालतमा माफीयोग्य छैनु, विज्ञप्तिमा भनिएको छ ।

सङ्घले संविधानको परिधिभित्र रहेर जेन(जीको जायज माग सम्बोधन गर्ने र वर्तमान व्यवस्थाभित्रै समाधान खोज्ने काम गर्न अब ढिला नगर्न पनि माग गरेको छ ।

आवश्यक परे संविधान संशोधनमार्फत पनि मागहरू सम्बोधन गर्न सकिने सुझावसमेत सङ्घले दिएको छ । चम्लागाईंले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतन्त्रको विकल्प अझ उन्नत र जिम्मेवार लोकतन्त्र नै हो।

भ्रष्टाचार, नातावाद, कृपावाद र निरंकुश प्रवृत्तिको अन्त्य गर्न निर्णायक कदम चालिनुपर्छ। शासक नागरिकका सेवक हुन्, मालिक होइनन् भन्ने सिद्धान्त व्यवहारमा लागू गर्नुपर्ने आजको आवश्यकता हो।’

त्यसैगरी सङ्घले देशमा उत्पन्न भएको संकट समाधान गर्न र सबै पक्षबीच सहमति कायम गर्न तुरुन्त सार्थक पहल गर्न राष्ट्रपति समक्ष आग्रहसमेत गरेको छ ।

साथै आन्दोलनमा सहभागी युवाहरूलाई पनि संयम र शान्तिपूर्ण तरिकाले आफ्नो आवाज अझ सशक्त बनाउन आग्रह गरिएको छ । मा माओवादीले झण्डा राखेको छ यसमा कस्ता प्रश्नहरु हुन्छन् ?

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...