CG Electronics
IME Life
NIMB

भिभोले दराजसँग दशैंको लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू

NIMB
Himalayan Bank

 

काठमाडौँ – विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ, जुन आश्विन २ देखि १८ सम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्नेछन्।

यस क्याम्पेन अन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा रु. ७,००० सम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । साथै, भिभोले भर्खरै मात्र बजारमा लञ्च भएको आफ्नो दुई नयाँ मोडलहरू—भिभो भी६० र वाई२१डि—दराजमा आधिकारिक रूपमा उपलब्ध गराएको छ । यी दुबै स्मार्टफोनहरूले प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन उपलब्ध गराउँछन् ।

यस अवसरमा, भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भनेः
“दशैं क्याम्पेनका लागि दराजसँगको हाम्रो सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पु¥याउनेछ । आकर्षक अफरहरू, रोमाञ्चक पुरस्कारहरू, साथै हाम्रो फ्ल्यागशिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैंलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।”

यस सहकार्यमार्फत, भिभोले नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै, आकर्षक अफर र सहज सेवासहित ग्राहकहरूको पहुँचलाई अझ सजिलो बनाउने लक्ष्य लिएको छ । यस विजय दशमीमा, ग्राहकहरूले आफ्नो स्मार्टफोन अपग्रेड गर्दै भिभोको अत्याधुनिक प्रविधिसँग दशैंको खुसीयाली मनाउन सक्नेछन्।

 

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...