CG Electronics
IME Life
NIMB

बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीवार बिहान ९ः३० बजे बाँडफाँड

NIMB
Himalayan Bank

काडठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित्ता शेयर थप सर्वसाधारणमा जारी गरेको थियो । यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत आईपीओ निष्कासन र बाँडफाँट गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयहरूलाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ । साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई र ६२ हजार २५० कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको हो ।

बुङ्गल हाइड्रो लिमिटेडले १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०८० भदौ २ गतेदेखि यस आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको हो। कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको यस आयोजना निर्माणको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ परेको कम्पनीले जनाएको छ ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...