Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रधानमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेट, अटोमोवाइल व्यवसायका समस्या र समाधानबारे छलफल

 

काठमाडौं, २०८२ अशोज ५ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसँग भेट गरी देशको वर्तमान जटिल अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा पारेको असरबारे विस्तृत छलफल गरेको छ।

सो अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्यालको पनि उपस्थिति रहेको थियो।

अध्यक्ष चौधरीले नाडा ४९ वर्ष पुरानो संस्था भई सातै प्रदेशका अटोमोवाइल व्यवसायीहरुको प्रतिनिधित्व गर्ने संस्था भएको जानकारी गराउँदै सरकारलाई पर्याप्त रूपमा प्रस्तुत हुन नसकेकोमा दुखेसो पोखे। उनले नाडाका केही महत्वपूर्ण सुझावहरुलाई सम्बोधन गर्न सके अटोमोवाइल व्यवसाय गतिशील हुने धारणा राखे।

उक्त छलफलमा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षा, शान्ति–सुरक्षा र आर्थिक उत्थानलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नाडाले सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। साथै उनले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन २२ बुँदे सुझाव समेत प्रधानमन्त्रीलाई पेश गरे।

विशेष गरी बैंक मार्फत सवारी साधन खरिद ऋण सीमा ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने, प्रदूषण मापदण्ड कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्ने, उद्योग प्रवद्र्धन परिषदमा नाडाको प्रतिनिधित्व गराउनुपर्ने लगायतका विषयमा जोड दिएका थिए।

छलफलमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरूले राखेका माग र गुनासाहरुलाई गम्भीरतापूर्वक अध्ययन गर्ने आश्वासन दिँदै, उद्योग–व्यवसायको विकासमा सरकार सदैव सहकार्यकारी हुने बताइन्। उनले “व्यवसाय नेपालमा जुवा खेल्नु सरह भएको” व्यथा पनि व्यक्त गर्दै, अबको दिनमा बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाउन, व्याजदरमा सहुलियत दिन, भन्सार शुल्क घटाउन तथा निजी उत्पादनलाई उच्च प्राथमिकता दिने सरकारको योजना रहेको जानकारी गराइन्।

कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकालको समेत उपस्थिति थियो।

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राका भाग्यशाली

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४८

  काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:४४

  काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको रविभवनस्थित होटल...

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

फेदीखोला हाइड्रोपावर कम्पनीले रु. १७ करोड ६०...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:५६

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १७,६०,००० कित्ता...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...