CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेट, अटोमोवाइल व्यवसायका समस्या र समाधानबारे छलफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, २०८२ अशोज ५ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसँग भेट गरी देशको वर्तमान जटिल अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा पारेको असरबारे विस्तृत छलफल गरेको छ।

सो अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्यालको पनि उपस्थिति रहेको थियो।

अध्यक्ष चौधरीले नाडा ४९ वर्ष पुरानो संस्था भई सातै प्रदेशका अटोमोवाइल व्यवसायीहरुको प्रतिनिधित्व गर्ने संस्था भएको जानकारी गराउँदै सरकारलाई पर्याप्त रूपमा प्रस्तुत हुन नसकेकोमा दुखेसो पोखे। उनले नाडाका केही महत्वपूर्ण सुझावहरुलाई सम्बोधन गर्न सके अटोमोवाइल व्यवसाय गतिशील हुने धारणा राखे।

उक्त छलफलमा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षा, शान्ति–सुरक्षा र आर्थिक उत्थानलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नाडाले सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। साथै उनले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन २२ बुँदे सुझाव समेत प्रधानमन्त्रीलाई पेश गरे।

विशेष गरी बैंक मार्फत सवारी साधन खरिद ऋण सीमा ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने, प्रदूषण मापदण्ड कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्ने, उद्योग प्रवद्र्धन परिषदमा नाडाको प्रतिनिधित्व गराउनुपर्ने लगायतका विषयमा जोड दिएका थिए।

छलफलमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरूले राखेका माग र गुनासाहरुलाई गम्भीरतापूर्वक अध्ययन गर्ने आश्वासन दिँदै, उद्योग–व्यवसायको विकासमा सरकार सदैव सहकार्यकारी हुने बताइन्। उनले “व्यवसाय नेपालमा जुवा खेल्नु सरह भएको” व्यथा पनि व्यक्त गर्दै, अबको दिनमा बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाउन, व्याजदरमा सहुलियत दिन, भन्सार शुल्क घटाउन तथा निजी उत्पादनलाई उच्च प्राथमिकता दिने सरकारको योजना रहेको जानकारी गराइन्।

कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकालको समेत उपस्थिति थियो।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...