CG Electronics
IME Life
NIMB

७० मेगावाटको दूधकोशी–२ जलविद्युत् आयोजनाले वित्तीय बन्दोबस्त सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । दूधकोशी हाइड्रोपावर नेपाल प्रा.लि. ले ७० मेगावाट क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनाको वित्तीय बन्दोबस्त (Financial Closure) सफलतापूर्वक सम्पन्न गरेको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा, एभरेस्ट बैंक लिमिटेड सह–नेतृत्व र सनिमा बैंक लिमिटेड सदस्य रहेका बैंकहरूको कन्सोर्टियममार्फत १० अर्ब ५० करोड रुपैयाँ ऋण व्यवस्था गरिएको हो। कुल लागत करिब १५ अर्ब रुपैयाँ रहने आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहने व्यवस्था छ।

सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माण हुन लागेको आयोजनाको निर्माण कार्य आगामी कात्तिक २०८२ बाट सुरु हुने र करिब चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाले ६ घण्टा पीकिङ रन अफ रिभर (PROR) प्रणालीमा विद्युत् उत्पादन गर्नेछ।

वित्तीय बन्दोबस्त सम्पन्न भएपछि अब आयोजना पूर्ण निर्माण चरणतर्फ प्रवेश गर्नेछ। कम्पनीका अनुसार आयोजनाबाट उत्पादन हुने विद्युत् १२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिनला सबस्टेसनमा जोडिनेछ।

कम्पनीका अध्यक्ष कदम केसी सहित अभिज्ञा मल्ल, विक्रम गौतम, अरुण अग्रवाल, किरण मल्ल र डा. हिमल भट्टराईलगायतले आयोजना अगाडि बढाइरहेका छन्। प्रमुख संस्थागत लगानीकर्तामा आयु मालुन हाइड्रोपावर, टिम भेन्चर, सारथी इक्विटी फन्ड्स लगायत छन्।

यो आयोजना सम्पन्न भएपछि कोशी प्रदेशको आर्थिक गतिविधि वृद्धि हुने र स्वच्छ ऊर्जाको आपूर्ति थप विश्वसनीय हुने अपेक्षा गरिएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...