Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

दशैंअघि लगानीकर्ताको नाफा बुक, बजार ओरालो

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।

यसअघि मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका मध्ये १९३ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १.७६ अंक घटेको छ ।
आज शेयरबजारमा ३ कम्पनी, माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल, हिम स्टार उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड र भिजन लुम्बिनी उर्जा कम्पनी को मूल्य करिब ८ प्रतिशत बढ्यो भने उन्नती सहकार्य लघुवित्त को शेयर मूल्य ५.३८ प्रतिशत घटेर सबैभन्दा धेरै गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो जसको कारोबार २२ करोड १३ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब १७ करोड ३२ लाख र हिमालयन रि इन्स्योरेन्सको १३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये २ उपसमूह (होटल तथा पर्यटन, म्युचुअल फण्ड) मात्र बढे भने बाँकी ११ उपसमूह घटेका छन् । यस दिन अन्य उपसमूह सर्वाधिक २.१६ प्रतिशतले घटेका छन् ।

साथै विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशत भन्दा बढीले घटेका छन् । समग्रमा, आज बजारमा सीमित कम्पनीका शेयर बढे पनि अधिकांश उपसमूह र कम्पनीहरूको मूल्य घटेको दिन रह्यो ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...