CG Electronics
IME Life
NIMB

कक्षा ६ मा अध्ययनरत नानीहरुद्वारा स्वरबद्ध माता जगदम्बाको भजन सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले स्वरबद्ध गरेको माता जगदम्बाको भजन सार्वजनिक भएको छ । भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा माता जगदम्बाको भजन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो ।

भक्तपुर निस्ट स्कुलमा सोमबार एक कार्यक्रमका बीच प्रिन्सिपल दिलिप रानाले औपचारिक रुपमा भजन सार्वजनिक गरेका छन् । नानीहरुले निकै राम्रो भजन गाएको र यसले विद्यालयका अरु बालबालिकालाई पनि प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।

भजनमा बालबालिकाले आफूहरुले जानेर या नजानेर गरिरहेको भक्तिलाई बुझेर दर्शन दिन देवी मातासँग प्रार्थना गरेका छन् । उनीहरुले देवी जगदम्बासँग ज्ञानको भिक्षा पनि मागेका छन् । सबै जीव देवी माताकै सन्तान भएको र हरेक जीवमा माताकै अंश रहेको कुरालाई भजनले मूल रुपमा उजागर गरेको छ ।

पत्रकार डीआर आचार्यले रचना गरेको भजनमा राजेन्द्र सुवेदीले संगीत भरेका छन् । भजनको म्युजिक भिडियोको निर्देशन केवशराज भट्टले गरेका हुन् ।

‘अम्बे ! अम्बे ! जय अम्बे ! जय जगदम्बे !’ शीर्षकमा रहेको भजनमा संगीतकार सुवेदीको पनि स्वर छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने रेकर्डिस्ट शंकर लिम्बू हुन् ।
भजनको प्रोडक्सन म्यानेजर नथुनी जैसवाल रहेका छन् ।

भजनमा डीआर आचार्य एवं गायिकाहरु सौम्या, आरोशी र विदिताले अभिनय गरेका छन् । भजनको सिनेमाटोग्राफर अजय रेग्मी हुन् भने शृंगारमा विमला तामाङ रहेकी छन् । दिपक विष्टले सम्पादन गरेको भिडियोको पोस्ट प्रोडक्सन प्रफिट मिडिया प्रालिले गरेको हो ।

भजन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रिन्सिपल रानासहित शिक्षक तथा अन्य कर्मचारीहरु, अभिभावक एवं विद्यालयका बालबालिकाको उल्लेख्य सहभागिता थियो ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...