CG Electronics
IME Life
NIMB

लक्ष्मी सन्राईज बैंकको अगुवाइमा ७० मेगावाटको दुधकोशी–२ जलविद्युत आयोजना लगानी सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । लक्ष्मी सन्राईज बैंक लिमिटेडको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । असोज ७ गते सम्पन्न सो सम्झौताअनुसार सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा अर्धजलासय प्रणालीमा आयोजना निर्माण हुने भएको हो । आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहेको छ ।

यो आयोजनाले २०७७ असोज ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको र २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ ।

आयोजनाको प्रमुख प्रवद्र्धकमा आयु मलुन हाइड्रोपावर लिमिटेडसहित श्री कदम केसी, श्री किरण मल्ल, श्रीमती अभिज्ञा मल्ल, श्री विक्रम गौतम, श्री विकास गौतम, श्री अरुण अग्रवाल, श्री नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

सहवित्तीयकरणअन्तर्गत परियोजना लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने र बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापकले वहन गर्ने भएका छन् । सहवित्तीयकरणमा लक्ष्मी सन्राईज बैंक अग्रणी बैंक, एभरेष्ट बैंक सह–अगुवा बैंक तथा सानिमा बैंक सदस्य बैंकको रुपमा रहेका छन् । कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रुपैयाँ रहनेछ ।

आयोजना सन् २०२९ जुलाईसम्ममा सम्पन्न भई उत्पादनमा आउँने लक्ष्य रहेको छ । सो आयोजनाबाट वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जडान हुने अपेक्षा गरिएको छ । यसले नेपालको नविकरणीय उर्जा परिदृश्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान गर्नेछ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...