CG Electronics
IME Life
NIMB

आकर्षक अफरहरू सहित अमेरिकामा हाम्रो पात्रो रेमिटको पुनः शुभारम्भ

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा “हाम्रो पात्रो रेमिट” पुनः सुरु गरेको छ। अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।

विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ।

दसैंको शुभ अवसरमा, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन्।

हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेती भन्नुहुन्छ, “हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ”। “अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो,” उहाँले थप्नुभयो ।

प्रयोगकर्ताले पैसा पठाउनु अघि नै थाहा पाउनेछन् कि प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन्, जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउँछ। रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ र नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिन्छ। साथै, यदि प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै हाम्रो समर्पित ग्राहक सेवा टोली, २४ घण्टा नै तपाईंको साथमा रहनेछन्।

हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको छ। यसमा प्रयोगकर्ताको जानकारी र रकमको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको छ ।

जस्तै, KYC प्रक्रिया, अवैध क्रियाकलाप रोक्ने (AML) र सम्पूर्ण जानकारीको गोपनियता राख्ने प्रविधि (end-to-end encryption)। त्यसबाहेक, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले अमेरिकाबाटै नेपालमा रहेका आफन्तहरूको बिजुली, इन्टरनेट, पानी लगायतका बिलहरू तिर्न मिल्ने, आफ्नो डिजिटल वालेटमार्फत झन छिटो पैसा पठाउन सक्ने र फ्रिलान्सरहरू र साना व्यवसायीहरूलाई अमेरिकी क्लाइन्टबाट सजिलै भुक्तानी लिन मिल्ने जस्ता आकर्षक सुविधा पनि छिट्टै थपिने हाम्रो पात्रो टिमको विश्वास छ।

“जहाँ नेपाली, त्यहाँ हाम्रो पात्रो” भन्ने भावना बोकेको यो एपले अझ गहिरो अपनत्व, पहुँच र सेवा दिन निरन्तर प्रयास गरिरहेको छ।

 

 

 

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...